९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छाराज तामाङकी पत्नी सिर्जना पनि सिआइबीद्वारा पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई मंगलबार पक्राउ गरेको छ ।

ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य सहकारीमा लेखा समिति सदस्य थिइन् ।

सीआईबीका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी रहेका छन् ।

सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा पूर्वसांसद समेत रहेका तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश छ ।

यही ठगी प्रकरणका कारण थुनामा रहेका इच्छाराजलाई छुटाउने उद्देश्यले काठमाडौं जिल्ला अदालतमा कुरा मिलाउन भन्दै अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीचको संवाद बाहिरिए पछि यो मुद्दा अझ पेचिलो बन्दै गएको थियो ।