४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेतालाई ७५ हजार डलर

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेतालाई ७५ हजार डलर
अ+ अ-

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा भएको छ ।

फाउण्डेशनले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शोको घोषणा गरेको हो । दुवै शोका विजेताले ७५ हजार डलर पुरस्कार पाउने भएका छन् । त्यसैगरी, फस्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा यो शो आयोजना गरिनेछ । शोमा सहभागी हुने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउण्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् ।

अगष्ट महिनादेखि सुरु हुने अडिसन ३१ डिसेम्बर २०२२ सम्म खुल्ला रहनेछ । यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १÷१ स्थानमा अडिसन गरिनेछ ।

फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिष्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनले जनाएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार किरण केसीले अमेरिकामा बसेर नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्न खोज्नु नै ठूलो कुरा भएको बताउनु भयो ।

उहाँले नेपाली भाषा, संस्कृतिको रक्षा गर्ने कुरामा सबै कलाकारहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले यो कार्यक्रम नेपाली कलाकार्यमा सुवर्ण अक्षरमा लेखिने बताउनु भयो । उहाँले कलाकारहरुले नेपाल र नेपालीको स्वाभिमान, आत्मसम्मान र नेपालसँग जोडिएका सत्यलाई सधैँ जीवित राख्ने काम गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रम नाफा कमाउन नभइ विश्वभर छरिएका नेपालीहरुलाई एक ठाउँमा ल्याउन आयोजना गरिएको बताउनु भयो । उहाँले नेपाली कला र संस्कृतिलाई जोगाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा कलाकार निर शाह, भुवन केसी, निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, प्रियंका कार्कीलाई सम्मान गरिएको थियो । इन्ट्रा फाउण्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ ।