३ आश्विन २०८१, बिहीबार
,
Latest
पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेतालाई ७५ हजार डलर



अ+ अ-

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा भएको छ ।

फाउण्डेशनले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शोको घोषणा गरेको हो । दुवै शोका विजेताले ७५ हजार डलर पुरस्कार पाउने भएका छन् । त्यसैगरी, फस्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा यो शो आयोजना गरिनेछ । शोमा सहभागी हुने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउण्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् ।

अगष्ट महिनादेखि सुरु हुने अडिसन ३१ डिसेम्बर २०२२ सम्म खुल्ला रहनेछ । यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १÷१ स्थानमा अडिसन गरिनेछ ।

फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिष्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनले जनाएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार किरण केसीले अमेरिकामा बसेर नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्न खोज्नु नै ठूलो कुरा भएको बताउनु भयो ।

उहाँले नेपाली भाषा, संस्कृतिको रक्षा गर्ने कुरामा सबै कलाकारहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले यो कार्यक्रम नेपाली कलाकार्यमा सुवर्ण अक्षरमा लेखिने बताउनु भयो । उहाँले कलाकारहरुले नेपाल र नेपालीको स्वाभिमान, आत्मसम्मान र नेपालसँग जोडिएका सत्यलाई सधैँ जीवित राख्ने काम गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रम नाफा कमाउन नभइ विश्वभर छरिएका नेपालीहरुलाई एक ठाउँमा ल्याउन आयोजना गरिएको बताउनु भयो । उहाँले नेपाली कला र संस्कृतिलाई जोगाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा कलाकार निर शाह, भुवन केसी, निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, प्रियंका कार्कीलाई सम्मान गरिएको थियो । इन्ट्रा फाउण्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ ।