• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन माओवादी र समाजवादीलाई योगेश भट्टराईको आग्रह



file

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) लाई आग्रह गर्नुभएको छ ।

मंगलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह गर्नुभएको हो । उहाँले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताउनु भयो ।

उहाँले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताउनु भयो । विगतको कुरा गरेर अगाडी बढ्न नसकिने भन्दै उहाँले अगाडी जाने बारेमा मात्रै सोच्नुपर्ने बताउनु भयो । भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिनुभयो ।

उहाँले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । यो बीचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ । धेरै पछाडी नफर्किउँ कसले के ग¥यो भन्ने कुरा ।

जब कसले के ग¥यो भन्नेकुरामा हामी जान्छौँ हामी एक अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ । अगाडी कसरी जाने त्यो सोचौँ । त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौँ काँग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन । एउटा भनाई छ नि, स्वर्ग जाने हो भने त गोजिमा स्वर्गकै ठेगाना चाहियो । अनि त्यहाँ पुगिन्छ । गोजिमा अर्को ठेगाना बोक्ने ड्राइभिङ अन्ततिर ग¥यो भने अन्त गइन्छ । आजकाल जिपिएस किन लगाइन्छ भने जिपिएसले ठिक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरु र समाजवादीले जिपिएस लगाउनुपर्याे ।

अब त्यो जिपिएस जिउमा लगाउनुप¥यो र फर्किनुपर्याे । बाटो फर्किनुपर्यो । अनि हामी सँगसँगै हुँदै जाऔँ । कति वर्षसम्म सँगसँगै हिँड्ने, नजिकबाट हिँडौँ । जुन बेलाबाट हामी एउटै बाटोमा हिडौँला त्यो बेलाबाट एउटै बाटोमा हिडौँला । अस्ति अलि छिट्टै एउटा बाटोमा हिँड्न खोज्दा छिटो दुर्घटना भयो ।

अब अलि छिटो एउटै बाटोमा नहिडौँ न त ठिकै छ । एउटै दिशामा जाउँ । लेन अलिकति फरक जाउँ न त । लेन फरक जाऔँ दिशा एउटै गरौँ । कुनै एउटा ठाउँमा हुँदाखेरी हाइवेमा लेन मर्ज हुन्छ । कुनै न कुनै ठाउँमा पुगेपछि त त्यो लेन मर्ज हुन्छ नि त । आजका नेताहरुको पालना भएन भने तपाई र मेरो पालामा गरौँला न त के फरक प¥यो र । यदी त्यसो नगरीकन राष्ट्रिय शक्ति बन्दैन । राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहियो । जसले यो मुलुकको सिंगो जनमतलाई नेतृत्व गर्नसक्छ ।’

सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताउनु भयो । उहाँले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताउनु भयो । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय समथ्र्य भएको शक्ति चाहिन्छ जसले शिक्षामा पनि ठूलो क्रान्ति गर्नसक्छ । त्यो सामथ्र्य भएको शक्ति भनेको आजको दिनमा नेपालको वामपन्थी आन्दोलन हो । कम्युनिष्ट आन्दोलन हो । अरुले सक्नेवाला छैनन् । त्यो शक्तिले नै हाम्रा छिमेकी हुन चाहे हाम्रा टाढाका मित्रहरु हुन् ।

तिनीहरु सँग आँखा जुधाएर बोल्न सक्छन् । तिमी सँग हामी यति सहयोग लिन्छौँ । यति लिन्नौँ । तिम्रो यो शर्त मान्छौँ । यो शर्त मान्दैनौँ । हामी त्यो भन्न सक्छौँ । यदी त्यो शक्ति भएन भने त्यो भन्न सकिदैन ।

जब त्यो भन्न सकिँदैन ब्वाँसोले पछाडीबाट भैंसिलाई कन्याउँदै त्यसको भित्र सबै खाएजस्तो साम्राज्यवादीहरुले, आजको दलाल पुँजीले यदी राष्ट्रिय सामथ्र्य भएको शक्ति भएन भने कन्याउँदै कन्याउँदै भित्र सबै खाइदिन्छ । हाम्रो शिक्षा प्रणालीलाई त्यसबाट जोगाउँदै दक्ष शिक्षा प्रणालीतिर लानको निम्ति राष्ट्रिय सामथ्र्य भएको नै चाहिन्छ ।’

उहाँले नेपाली काँग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै बुद्धि, विवेक र नीति नभएको टिप्पणी गर्नुभयो ।