विराटनगर । धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरु काम बन्द गरेरै आन्दोलनमा होमिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेको बुझिएको छ ।
बीपी प्रतिष्ठानमा सुधारको माग राख्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका कामहरु बन्द गरेका छन् । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् ।










