११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

आगामी चुनावमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय

आगामी चुनावमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय
file
अ अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढने औंपचारिक निर्णय गरेको हो । पार्टीलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रिय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो ।

चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरुबीच तय गर्दै जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आम निर्वाचनमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष काँग्रेसले निकालेको छ ।

प्रवक्ता महतले भन्नु भयो, ‘बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको नेपाली काँग्रेसलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रिय कार्य समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गर्दछ ।

यसरी गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा तय गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रम को खाकासहित आम निर्वाचनमा नेपाली काँग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ । साथै तालमेल गरिरहँदा नेपाली काँग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थता, सांगठानिक बस्तुस्थिति तथा पार्टी पंक्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।’

नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आचारसंहिता जारी गरी लागूगर्ने निर्णय पनि गरेको छ । केन्द्रिय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. महतले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘स्थानीय तहमा नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आचारसंहिता जारी गरी लागू गर्ने गर्ने लागू गर्ने । जसरी हामीले स्थानीय तह निर्वाचनमा घरघर जाऔ, नेपाली काँग्रेस जिताऔं संचालन ग¥यौं । त्यस्तै खाले अभियान त्यसको पूर्ण खाका पछि कार्यालयले प्रस्तुत गर्नेछ । तर हामी भाद्र २ गतेदेखि भाद्र २४ गतेसम्मको अभियान संचालन गर्ने पनि पार्टीले निर्णय गरेको छ ।

नेपाली काँग्रेस नेतृत्वमा रहेको सरकारले स्थानीय तह निर्वाचन व्यवस्थिति र निष्पक्ष रुपमा एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रिय कार्य समिति बैठक प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँ नेतृत्वको मन्त्रीपरिषदको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै यो बैठक निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी एवम् सम्पूर्ण सुरक्षा निकाय, सञ्चार क्षेत्रलगायत सबैको मेहनत र दक्षताको उच्च प्रशंशा गर्दछ ।

स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर मुलुकको लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउन योगदान पु¥याउने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाईमा यो बैठक बधाईँ ज्ञापन गर्दछ । आफ्नो अमूल्य मतमार्फत काँग्रेसलाई पहिलो दल बनाउने समस्त मतदाताहरुमा यो बैठक हार्दिक आभार प्रकट गर्दछ । र, मतदाताको त्यो विश्वासलाई शिरोपर गर्ने प्रण नेपाली काँग्रेस गर्दछ । पार्टीको विजय अभियानलाई सफल बनाउन अहोरात्र खटनु हुने विभिन्न तहमा क्रियाशील विभिन्न पार्टीका साथीहरु र शुभेच्छुकहरुमा यो बैठक बधाईँ तथा सम्मान गर्दछ ।’

बैठकले अवधि समाप्त भएर गठन हुन बाँकि रहेका र पूर्णता प्राप्त नगरेका पार्टीमा आवद्ध भातृ संघहरुलाई यही श्रावण मसान्त भित्र गठन र पूर्णता दिने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टीको आगामी नीति महाधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि केन्द्रिय कार्य समितिलाई दिने निर्णय गरिएको प्रवक्ता महतले बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाली काँग्रेसको आगामी नीति महाधिवेशनको सम्बन्धमा केन्द्रले आवश्यक तयारी गर्ने ।

नेपाली जनसम्पर्क साईप्रसबाट पार्टी विधान बमोजिम तोकिएको रकम र आवश्यक कागजातसहित प्राप्त हुन आएका क्रियाशील सदस्यताको नामावली जम्मा ५०१, नविकरण १३० र नयाँ १७१ लाई स्विकृत गर्ने ।नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४२ (१) क बमोजिम लोकतान्त्रिक आदिवासी महासंघ, नेपाल, नेपाल थारु संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघलाई नेपाली काँग्रेसको भात्रृ संघको मान्यता प्रदान गर्ने । यस अघि नै पार्टी भातृ संस्थाको मान्यता प्राप्त गरिसकेका नेपाल राष्ट्रिय मगर संघ, राष्ट्रिय तामाङ संघ तथा सुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाः खल, लोकतान्त्रिक आदिबासी, जनजाति महासंघ, रहनेछ । आदिवासी, जनजाति भित्र रहेका जातजातिहरु थारु बाहेकका संघ, महासंघले गठन गर्न सक्नेछ ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायाता व्यवसायी संघ, लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटक व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल सामूदायिक कर्मचारी संघलाई शुभेच्छुक संस्थाको मान्यता प्रदान गर्ने ।नेपाल आदिवासी जनजाति संघका संरचनाहरु स्वतहः निष्कृय हुनेछ । पार्टीबाट मान्यता प्राप्त उल्लेखित भातृ संघ र शुभेच्छुक संस्थाको विधानलाई आवश्यक परिमार्जन गरी केन्द्रिय कार्य समितिले अन्तिम रुप प्रदान ग¥यो ।’

नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रिय समिति, केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रिय अनुशासन समिति र केन्द्रिय सदस्य श्यामकुमार घिमिरे संयोजक रहनु भएका केन्द्रिय लेखा समिति पनि गठन गरेको छ । ती समितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि केन्द्रिय कार्य समिति बैठकले गरेको प्रवक्ता महतले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४९ (क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाबाट तोकिनु भएका पार्टीका महामन्त्री गगनकुमार थापा संयोजक रहनु भएको सदस्यता व्यवस्थापन केन्द्रिय समिति गठन गरिएको छ । केन्द्रिय समितिका सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रिय अनुशासन समिति गठन गर्ने । पार्टीसभापति शेरबहादुर देउवाद्धारा प्रस्ताव गरिनु भएका पार्टी केन्द्रिय कार्य समिति सदस्य श्यामकुमार घिमिरे संयोजक रहनु भएको केन्द्रिय लेखा समिति गठन गर्ने । सभापतिले आवश्यक परामर्श गरी उपरोक्त समितिहरुलाई पूर्णता प्रदान गर्ने ।’

बैठकले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा पार्टी नेतृत्वको गठबन्धन सरकारलाई धन्यवाद समेत व्यक्त गरेको छ ।