११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

गृहमन्त्रीलाई एमालेका सांसदको प्रश्न: जनप्रतिनिधिलाई पोखरीमा चोबलेर लोकतन्त्रको स्थापित गर्छ ?

गृहमन्त्रीलाई एमालेका सांसदको प्रश्न: जनप्रतिनिधिलाई पोखरीमा चोबलेर लोकतन्त्रको स्थापित गर्छ ?
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गर्नुभयो । उहाँले गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराउनुभएको आरोप लगाउनु भयो । वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न उहाँले माग गर्नुभयो । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँ भित्रको अरु विषयवस्तुमा म जान्नँ । तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा । म नामै लिन चाहन्छु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेको छ । यही हो लोकतन्त्र रु यसले लोकतन्त्रलाई स्थापित गर्छ ? यसले गणतन्त्रलाई स्थापित गर्छ यस्तै व्यवहारले ? डिबेटहरु हुनसक्छ, लोकतन्त्रमा । लोकतन्त्रको सुन्दरता भनेकै बहशबाट निस्कर्षमा पुग्ने पद्धती हो । बहशहरु हुन सक्छन् । विवादहरु हुन सक्छन् । छलफल हुन सक्छ । कहिलेकाहीँ चालु बैठकलाई रोक्नुपर्ने हुन सक्छ । लोकतन्त्रमा त्यसो गरिन्छ कि अनि पुलिस लगाएर शासन गर्ने कोशिस गरिन्छ? पुलिस लगाएर शासन गर्ने कोशिस भइरहेको छ । गृहमन्त्रीको भाई त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको अण्डरमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने । अनि यसैले हाम्रो लोकतन्त्र, गणतन्त्र बच्छ भन्ने हामीले ठानेका छौँ ?यसरी स्थापित हुन्छ भन्ने ठानेका छौँ ? र सधैँभर दिग्विजय हो यो ? अहिलेको गठबन्धनको यो दिग्विजय हो ? सधैँभरी यो चालु रहिरहने हो ? रहिरहन्छ भन्ने ठानिरहेका छौँ हामीले ? म गृहमन्त्री ज्यूले उहाँको भाई मेयर भएको ठाउँमा, उहाँको पुलिसले ज्यादती गरेको छ । म गृहमन्त्रीज्यूले त्यहाँको डिटेल रिपोर्ट यो सदनमा पेस गर्नुपर्छ । उहाँले भन्नुपर्छ । कसरी जाने भनेर । त्यो डिएसपी कारबाहीमा पर्छ कि पर्दैन हामी हेर्छौं । कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्राएर पोखरीमा चोबल्ने डिएसपी कारबाहीमा पर्छ कि पर्दैन ? हामी हेर्न चाहन्छौँ ? र गृहमन्त्रीले के भन्नुहुन्छ ? त्यो सबै उहाँको भाई मेयर भएको ठाउँको विषयमा उहाँ के भन्नुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । कसरी उहाँले यो लोकतन्त्रलाई अगाडी बढाउन चाहनुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु ।’

सांसद भट्टराईले  सो घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने माग गर्नुभयो ।