• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

गृहमन्त्रीलाई एमालेका सांसदको प्रश्न: जनप्रतिनिधिलाई पोखरीमा चोबलेर लोकतन्त्रको स्थापित गर्छ ?



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गर्नुभयो । उहाँले गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराउनुभएको आरोप लगाउनु भयो । वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न उहाँले माग गर्नुभयो । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँ भित्रको अरु विषयवस्तुमा म जान्नँ । तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा । म नामै लिन चाहन्छु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेको छ । यही हो लोकतन्त्र रु यसले लोकतन्त्रलाई स्थापित गर्छ ? यसले गणतन्त्रलाई स्थापित गर्छ यस्तै व्यवहारले ? डिबेटहरु हुनसक्छ, लोकतन्त्रमा । लोकतन्त्रको सुन्दरता भनेकै बहशबाट निस्कर्षमा पुग्ने पद्धती हो । बहशहरु हुन सक्छन् । विवादहरु हुन सक्छन् । छलफल हुन सक्छ । कहिलेकाहीँ चालु बैठकलाई रोक्नुपर्ने हुन सक्छ । लोकतन्त्रमा त्यसो गरिन्छ कि अनि पुलिस लगाएर शासन गर्ने कोशिस गरिन्छ? पुलिस लगाएर शासन गर्ने कोशिस भइरहेको छ । गृहमन्त्रीको भाई त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको अण्डरमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने । अनि यसैले हाम्रो लोकतन्त्र, गणतन्त्र बच्छ भन्ने हामीले ठानेका छौँ ?यसरी स्थापित हुन्छ भन्ने ठानेका छौँ ? र सधैँभर दिग्विजय हो यो ? अहिलेको गठबन्धनको यो दिग्विजय हो ? सधैँभरी यो चालु रहिरहने हो ? रहिरहन्छ भन्ने ठानिरहेका छौँ हामीले ? म गृहमन्त्री ज्यूले उहाँको भाई मेयर भएको ठाउँमा, उहाँको पुलिसले ज्यादती गरेको छ । म गृहमन्त्रीज्यूले त्यहाँको डिटेल रिपोर्ट यो सदनमा पेस गर्नुपर्छ । उहाँले भन्नुपर्छ । कसरी जाने भनेर । त्यो डिएसपी कारबाहीमा पर्छ कि पर्दैन हामी हेर्छौं । कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्राएर पोखरीमा चोबल्ने डिएसपी कारबाहीमा पर्छ कि पर्दैन ? हामी हेर्न चाहन्छौँ ? र गृहमन्त्रीले के भन्नुहुन्छ ? त्यो सबै उहाँको भाई मेयर भएको ठाउँको विषयमा उहाँ के भन्नुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । कसरी उहाँले यो लोकतन्त्रलाई अगाडी बढाउन चाहनुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु ।’

सांसद भट्टराईले  सो घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने माग गर्नुभयो ।