१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

नेकपा एस निकट अनेरास्ववियूद्वारा गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन

नेकपा एस निकट अनेरास्ववियूद्वारा गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । 

सत्तारुढ गठबन्धनभित्रैको माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) निकट नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको विरोध नर्गन विज्ञप्ति जारी गरेको भन्दै सोमवार गृहमन्त्री खाँणको पुत्ला दहन गरेको हो । 

अनेरास्ववियू विश्वविद्यालय राष्ट्रिय कमिटीहरुको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा नाराबाजीसहित एमसीसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो । विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाह विरुद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्ने प्रश्न गर्नुभयो । 

उहाँले गृहमन्त्री खाँणले भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालिएको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा आफुहरुकै समर्थनमा प्रधानमन्त्री बनेको भएपनि एमसीसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै उहाँले एमसीसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो – ‘हामी बालकृष्ण खाँणलाई सोध्न चाहान्छौँ, हिजो राजाको विरुद्धमा लड्दै गर्दा हिजो केपी ओलीले तानाशाही कदम चाले, संविधान च्याते, संसद भत्काए भन्ने बालकृष्ण खाँणलाई यो कुनचाही प्रभुले सिकाएर यो विज्ञप्ति लेख्न तपाईलाई आँट आयो ? किन यस्तो भारतलाई रिझाउने र नरेन्द्र मोदीको गुलाम गर्ने विज्ञप्ति निकाल्नु हुँदैछ ? प्रधानमन्त्री देउवा हाम्रै बलमा प्रधानमन्त्री हुनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्ने पहल गरिरहनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता किमार्थ सम्भव छैन । राष्ट्रघाती सम्झौता स्वीकार्य छैन ।’

प्रदर्शनमा गृहमन्त्री राजिनामा दे, एमसीसी खारेज गर, भारतीय बिस्तारवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, सिमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे भनि नाराबाजी समेत गरिएको थियो ।