• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह

नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ



काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक पत्रकारलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले प्यूठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका नाममा नक्कली छाप र भण्डारीको नक्कली दस्तखत बनाएर ठगी गर्ने मकवानपुर घर भई हाल ललितपुरको सातदोबाटो बस्ने ‘तिखोकलम डटकम’ का पत्रकार २१ वर्षीय वासुदेव अर्याललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ अर्यालले भण्डारीको दस्तखतसहितको चेक फेला पारी नक्कली दस्तखत र कम्पनीको नक्कली छाप बनाएर ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ अर्यालले नक्कली छाप र दस्तखत प्रयोग गरी हालसम्म रु १० लाख ३५ हजार रकम निकालेको अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताउनुभयो । अर्याल ‘तिखोकलम डटकम’ नामक सञ्चार संस्थामा आबद्ध भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्यालसँग प्रहरीले पत्रकार परिचयपत्र, सरोज डङ्गोलको नामको सवारी चालक अनुमतिपत्र, विभिन्न बैंकको चेक दुई थान, विभिन्न कम्पनी तथा संस्थाको छाप आठ थान, विभिन्न व्यक्तिको दस्तखत भएको डायरी आठ थान, विभिन्न कम्पनीका सिमकार्ड १६ थान र मोबाइल दुई थान बरामद गरेको छ ।

प्रहरीले पक्राउ अर्याललाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२५ को दफा–२७६ ‘लिखतसम्बन्धी कसुर’ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।