१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

मुख्यमन्त्री पोखरेल– विश्व बैंक नेपाल निर्देशक भेट, ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

मुख्यमन्त्री पोखरेल– विश्व बैंक नेपाल निर्देशक भेट, ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे । 

उनले विश्व बैकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । उनले भने, ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु ।’ 

गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले गण्डकी प्रदेशको विकासमा पनि योगदान गर्दै आएकामा धन्यवाद दिए । मुख्यमन्त्री पोखरेलले भने, ‘गण्डकी प्रदेश हाम्रा विकासका प्राथमिकता र सम्भावनाका सवालमा यहाँहरुसँग हातेमालो गर्न इच्छुक छ ।’

प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उनले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा ८ प्रतिशत योगदान गर्ने जानकारी गराए । राजस्व परिचालन २ देखि ३ अर्बको बीचमा रहेको भन्दै उनले प्रदेशमा आर्थिक क्रियाकलापहरु कम भएकाले स्रोत परिचालन न्यून रहेको उल्लेख गरे । 

सिमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकताहरु निर्धारण गरी अगाडि बढेको अवस्थामा आकस्मिकरुपमा आएको कोभिड महामारीले आर्थिक सामाजिक अवस्थालाई क्षत विक्षत पारेको मुख्यमन्त्री पोखरेलले बताए । 

प्रदेश सरकारले एकातिर कोभिड महामारिले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गर्नु आवश्यक रहेको भन्दै उनले भने, ‘अर्कोतर्फ हामीले तय गरेको १०.२ प्रतिशतको आर्थिक बृद्धि, समृद्ध प्रदेश सुखी नागरिकको सोच पूरा गर्न विशेष प्रयत्न गर्नु आवश्यक छ ।’

मुुख्यमन्त्री पोखरेलका अनुसार प्रदेशका निर्धारित लक्ष्य हासिल गर्न जम्मा १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने हुन्छ । तर हालसम्मको लगानी प्रक्षेपणको तुलनामा निकै कम रहेको उनले बताए । लगानीको लक्ष्य भेटाउन प्रदेशले विश्व बैंकजस्ता संस्थासँग सहयोगको अपेक्षा गर्नु पर्ने उनको भनाइ थियो । 

सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्ग प्रशस्त गर्ने भन्दै उनले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नु पर्ने वाध्यता रहेको जानकारी गराए । उनले भने, ‘हिमाली जिल्लाहरुमा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न सकिएको छैन । त्यसैले यस प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्धत गर्नेछ ।’ 

मुस्ताङको कोरला नाकादेखि पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा २ लेनको डेडिकेटेड सडकका रुपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरुप नै फेरिने भन्दै मुख्यमन्त्री पोखरेलले छ । यो मार्गलाई गण्डकी प्रदेशले समृद्धि मार्गको रुपमा लिएको छ । पोखरादेखि काठमाडौंको यात्रा बढीमा २ घन्टामा पार गर्न सक्ने बनाउनका लागि विश्व बैंकको सहयोग रहेमा यो प्रदेश समृद्ध हुन ठूलो मद्धत मिल्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘प्रदेश सदरमुकामसँग जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्रहरु जोडने सडकको स्तरोन्नतिमा ठूलो सहयोगको खाँचो छ ।’ 

पर्यटकीय पूर्वाधारहरु पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मादी नदी उपत्यका विकासको बृहत परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, हिमाली जिल्ला मनाङमा गल्फ मैदान लगायतका पूर्वाधार कार्यान्वयनमा ल्याउन मद्धत गर्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे । 

मुख्यमन्त्री पोखरेलका अनुसार मस्र्याङ्दी उपत्यका विकासको बृहत परियोजना, कालीगण्डकी भ्याली विकास परियोजना, मुस्ताङ भ्याली विकास परियोजना, नवलपुरदेखि गजेन्द्रधामसम्म नारायणी नदी नियन्त्रण र संरक्षण सम्बन्धी बहुउद्देश्यीय विकास आयोजना प्रदेशका सपना हुन् । उनले भने, ‘यिनको कार्यान्वयनमा विश्व बैंकको सहयोग रहने अपेक्षा छ ।’

उच्च भूभागमा रहेको गोरखाको चुमनुम्री उपत्यकामा हाइ एल्टिच्युडमा अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङस्थल विकास गर्ने कार्यमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, यस प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडिबुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमार्फत् यस प्रदेशका कृषि उत्पादनहरु विश्व बजारमा पुग्न सक्ने बनाउन सहयोग आवश्यक छ ।’ 

यसैगरी सबै विद्यालयलाई डिजिटाइज गर्ने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्ने,  व्यावसायिक शिक्षा तथा तालिमका कार्यक्रलाई प्रत्येक स्थानीय तहमा विस्तार गर्ने, गुणस्तर प्रमाणित गर्न र विदेशमा समेत यस्ता तालिमको मान्यता पाउने अवस्था सिर्जना गर्न आवश्यक परियोजना सञ्चालन गर्न गण्डकी सरकार लगानीको खोजिमा रहेको उनले बताए । 

मुख्यमन्त्री पोखरेलले उद्यमशीलता विकास, सीपमूलक तालिम, कर्जा प्रवाह, व्यवसाय सञ्चालन, उत्पादन र बजारीकरणका सबै चरणमा सहयोग उपलब्ध गराई रोजगारी र स्वरोजगार बन्न युवाहरुलाई सहयोग उपलब्ध गराउन पनि सरकार अग्रसर रहेको भनाइ राखे । 

उत्तरगंगा जस्तै जलासययुक्त ठूला जलविद्युत आयोजनामा सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा गरिएको उनले बताए । ‘स्वास्थ्य क्षेत्र सुधारको परियोजना बनाउने, गण्डकीलाई स्वास्थ्य क्षेत्रको केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गर्ने, वन क्षेत्रको उपयोग समृद्धि प्राप्तिका लागि गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने, वनलाई उद्योग, रोजगारी र आयआर्जनका अवसरसँग जोड्न सहयोगको अपेक्षा गरेका छौं ।’ 

प्रदेशका सीमा नाका कोरला, लार्के भञ्ज्याङ, सुस्तासम्मको आवत जावत सहज बनाउन सडक यातायातको निर्माण तथा स्तरोन्नति गर्ने तथा अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि संस्थागत क्षमता विकासमा विश्व बैंकको सहयोग आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

खानेपानी सुविधा पुग्न बाँकी कठिन स्थानमा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय पानी उपलब्ध गराउन खानेपानीका विशेष परियोजना सञ्चालन गर्ने, प्रदेशको प्राथमिकतामा परेका ठूला सिञ्चाई आयोजना सञ्चालनमा आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको उनले बताए । यसैगरी प्रदेशको एकीकृत प्रमुख प्रशासनिक भवन निर्माणमा सहयोगको अपेक्षा गरिएकोभनाइ राखे । 

मुख्यमन्त्री पोखरेलले विश्व बैंकबाट प्रदेशमा सिधा स्रोत उपलब्ध हुने र प्रदेश सरकारले नै परियोजना कार्यान्वयन गर्ने व्यवस्थालाई व्यवस्था अवलम्बन गरिनु पर्ने भन्दै यसले अपनत्व वृद्धि हुने, प्रदेशको क्षमता विकास हुने, गुणस्तर कायम हुने र विकास दिगो समेत हुने विश्वास व्यक्त गरे । उक्त विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको संघीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको भनाइ राखे ।  कनेक्टिभिटीलाई आफूहरुले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उनले मुस्ताङ लगायत जिल्लामा उत्पादित अर्गानिक सामग्रीको ब्रान्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताए । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अवलोकन गरेको हादादको टोलीले उक्त अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे सन्तुष्टि जनाए । कोभिड १९ को सम्भावित तेस्रो लहरको तयारीमा उक्त अस्पतालमा काम गरिरहेको छ । 

कोभिड विरुद्धको खोपको प्रभावकारिता बढिरहे पनि नेपालमा खोप खरिद प्रक्रियामा भएको ढिलासुस्तीबारे उनले असन्तुष्टि जनाए । स्कुले बालबालिकालाई छिटो भन्दा छिटो खोप लगाएर विद्यालय खोल्ने वातावरण सिर्जना गर्नुपर्ने तर्फ उनले ध्यानाकर्षण गराए । 

उक्त भेटघाटमा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल उपस्थित थिए ।