३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

सडक आश्रित मानवको पनि मिर्गौला बिक्री प्रयास

सडक आश्रित मानवको पनि मिर्गौला बिक्री प्रयास
अ+ अ-

काठमाडौँ । काठमाडौँको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधमा संलग्न एक समूहले सडकमा आश्रित मानवलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री उद्योग गरेको पाइएको हो । उनीहरुलाई मनाउन सजिलो हुने भएकाले गिरोह सडक आश्रित मानवको अङ्ग बिक्री उद्योगमा लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको योजना प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले यसपटक असफल पारिदिएको छ । सडक बालबालिकालाई प्रलोभनमा पारी मिर्गौला बिक्रीका लागि भारत लैजाने दिनमै प्रहरीले उक्त योजना विफल बनाइ तीन जनालाई उद्धार गर्न सफल भएको छ ।

मिर्गौला बेचबिखन उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछापको मन्थली नगरपालिका–५ घर भई भक्तपुरको थिमी बस्ने २८ वर्षका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीको तम्घास घर भई काठमाडौँ महानगरपालिका–७ गौशाला बस्ने विजय कुँवर, दैलेख घर भई काठमाडौँको कालोपुल बस्ने भूपेन्द्र शाही र विमलबहादुर शाही तथा झापा घर भई भक्तपुर बस्ने आशिष तामाङलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

उनीहरु सबै नेपालबाट मानिस भारतसम्म पु¥याउने समूहका हुन् । भारतबाट अर्को समूह परिचालन हुने गरेकाले सङ्गठितरुपमा मानव बेचबिखनमा संलग्न रहेको मल्लले जानकारी दिनुभयो । उक्त गिरोहले यसअघि नै तीन जनालाई भारत पु¥याइसकेको पाइएको र उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।

उहाँका अनुसार आरोपी रोका र कुँवरले अन्य प्रतिवादीलाई परिचालन गरी काठमाडौँको सडकपेटीमा हिँड्ने व्यक्तिसँग चिनजान गरी प्रलोभनमा पारेर मिर्गौला बेचबिखन गर्न लगाउने गरेका थिए । उनीहरुले भारतको कोलकातामा गइ मिर्गौला बिक्री गर्दा रु पाँच लाख कमाइ हुने र रु ५० हजार पर्ने मोबाइल पनि पाइने भनी प्रलोभन दिएको खुल्न आएको छ ।

उनीहरुले सडक बालबालिकालाई मनाएर गत असार १५ गते मिर्गौला बिक्रीका लागि भारत लैजाने योजना बुनेका थिए । उक्त सूचना प्राप्त भएपछि व्युरोको टोलीले भूपेन्द्र शाही, विजय कुँवर र विमलबहादुर शाहीलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा रोका र छोटे भन्ने आशिष तामाङलाई असार २८ मा पक्राउ गरिएको हो ।

अनुसन्धानमा शाही र रोकाले यसअघि आफ्नै मिर्गौला बिक्री गरेको र त्यसपछि अन्य व्यक्तिको मिर्गौला खरिद बिक्रीमा अपराधमा संलग्न भएका हुन् ।

पक्राउ परेकामध्ये रोकाले मिर्गौला प्राप्त गर्ने व्यक्तिसँग मोलमोलाई गर्ने, ग्रहणकर्ताको आवश्यकताअनुसार मिर्गौला दाता खोज्न सहयोगी परिचालन गर्ने, पीडितलाई भारत लैजाने र मिर्गौला झिकेपछि नेपाल फर्काने कार्य गर्ने गरेको प्रहरीले दाबी छ ।

आरोपी कुँवरले रोकाको निर्देशनमा ग्रहणकर्ताको रक्त समूह यकीन गर्ने, पीडितलाई भारतसम्म लैजान सहयोग गर्ने गरेको खुलेको छ । यस्तै शाही र तामाङले भने मिर्गौला दाताको खोजी गर्ने, प्रलोभनमा पार्ने र सुरक्षितसाथ होटलमा राख्ने कार्य गर्ने गरका पाइएको छ ।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार म्याद थप गरी कारवाही प्रक्रिय अघि बढाइएको ब्युरोले जानकारी दिएको छ । ब्युरोका अनुसार मुलुकमा आर्थिक वर्ष २०७८/७९ मा मानव बेचबिखनका १४२ मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा १७८ जनालाई पक्राउ गरी कारवाही चलाइएको छ । अहिलेसम्म बेचबिखन अपराधका १०९ आरोपी फरार छन् । ब्युरोका अनुसार विभिन्न क्षेत्रबाट ५० जनाको उद्धार गरिएको छ । प्राप्त विवरणअनुसार भारतबाट सबैभन्दा बढी १५ जनाको उद्धार गरिएको छ । यस्तै ओमान, कुवेत, श्रीलङ्का, इराकबाट एक/एक गरी १७ जनाको उद्धार गरेको जनाइएको छ ।

ब्युरोका अनुसार वैदेशिक रोजगारसम्बन्धीका सात मुद्दा दर्ता भई २१ अभियुक्तमध्ये आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीको वैदेशिक रोजगार विभाग शाखाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन बढ्दो रहेकाले यसतर्फ पनि प्रहरीले निगरानी बढाएको जानकारी दिनुभयो । उहाँले पैसा नउठ्ने डरले पीडितहरु भने मुद्दा दर्ता गर्न डराउने गरेको पनि जानकारी दिनुभयो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लगेमा तथा प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिकेमा मानव बेचबिखन गरेको मानिने उल्लेख छ । कुनै प्रकारको फाइदा लिई वा नलिइ वेश्यावृत्तिमा लगाउनेलाई दशदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यस्तै मानव बेचबिखनका लागि विदेश लैजानेलाई दश वर्षदेखि १५ वर्ष कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ । मानव बेचबिखन वा ओसारपसारको कसूर गर्न दुरुत्साहन, षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसूरको मतियारलाई सो कसूर गर्दाको हुने सजायको आधा सजाय हुने व्यवस्था छ । रासस