६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला घटना सरकारले दुई महिनापछि पठायो भारतलाई कूटनीतिक नोट



अ+ अ-

काठमाडौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा कूटनीतिक नोट पठाएको छ । दार्चुलामा भारतका एसएसबीले तुइन चुडाउँदा जयसिंह धामी बेपत्ता भएको विषयमा सरकारले झन्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । दार्चुला घटनाको विषयमा सरकार मौन बसेपछि सर्वत्र आलोचना भएको थियो ।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै पत्र कूटनीतिक च्यानलमार्फत पठाइएको उच्च स्रोतले जानकारी दियो । गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएपछि सरकार सो घटनाको विषयमा डेढ महिना मौन बसेको थियो ।

गत साता मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानबिन समितिले दार्चुला घटनाको विषयमा कूटनीतिक तवरमा हल गरिनुपर्ने सुझाव दिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।

समितिले एसएसबीको उपस्थितिमा घटना भएको र थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरूलाई औपचारिक रूपमा महाकालीको घटनाको विषयमा कुनै जानकारी नभएको बताएका थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।