२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

सडक हिलाम्मे हुँदा आवतजावतमा सास्ती

सडक हिलाम्मे हुँदा आवतजावतमा सास्ती
अ अ+ अ-

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको मानपुर खण्ड हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।

जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त सडकमा पानी जमेर हिलाम्मे हुँदा साना सवारी साधन र नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ । उक्त स्थानमा दुर्घटनाको जोखिम बढेको स्थानीय अब्बाद अहमद सिद्दीकीले बताउनुभयो । उहाँका अनुसार हिलाम्मे सडकमा साना दुईपाङ्ग्रे सवारी दैनिकरूपमा दुर्घटना हुने गरेका छन् । नेपालगञ्ज–गुलरिया मुख्य सडकमै महिना दिनदेखि यो समस्या भए पनि सरोकारवाला निकायले समाधानका लागि चासो दिएका छैनन् ।

मानपुर मोडमा पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेको हो । निरन्तरको वर्षाका कारण उक्त खण्डको ३० मिटर सडक पानीले डुबेको छ । मोडमै रहेको घर भत्काएपछि फराकिलो बनेको सडकमै पानी जमेका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । 

सडकमा पानी जमेर हिलाम्मे भएपछि तत्कालका लागि आवतजावतमा सहज बनाउन गाउँपालिकाबाट ग्राभेल हालेर मर्मत गर्ने प्रयास गरिए पनि पानीको निकास नभएकाले समस्या समाधान हुन नसकेको जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । 

“तत्काल आवतजावत सहज बनाउनका लागि ग्राभेल हालिएको छ । दीर्घकालीन समस्या निकासका लागि सडक विभागसँग दुवै साइडमा पानी निकासका लागि सानो नाली बनाउने पहल भइरहेकोे छ”, धितालले भन्नुभयो, “समस्या समाधानका लागि आवश्यक सहयोग र समन्वय गर्न गाउँपालिका कार्यालय तयार छ ।”

नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउने योजना अगाडि बढे पनि यो वर्ष भने सर्वसाधारणले कठिनाइ व्यहोर्नुपर्ने भएको छ । नेपालगञ्जदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक नै विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ ।

यो आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले रु १३ करोड बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय भएको छ । चारलेन सडक निर्माण योजना बहुवर्षीय हो । योजना कार्यान्वयनसँगै अहिले हिलाम्मे भएको मानपुर खण्डको समस्या पनि समाधान हुनेछ ।