२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

‘कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर’

‘कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर’
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रिनुपर्ने बताएका छन् । १८ औं निजामती सेवा दिवसका आवसरमा मंगलबार शुभकामना व्यक्त गर्दैै उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका हुन् । 

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराका साथ मनाउन लागिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती सेवाका राष्ट्रसेवक कर्मचारीलाई मुख्यमन्त्री पोखरेलले शुभकामना व्यक्त गरे । 

निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास‚ समृद्धि र सुशासन प्रवद्र्धनमा सबै निजामती कर्मचारीहरू ऐक्यवद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिवद्ध हुनु आवश्यक रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । उनले भनेका छन्, ‘निजामती सेवाको यो प्रतिवद्धताले जनताले सरकारको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्न सक्दछ भन्ने मैले विश्वास लिएको छु ।’ 

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । 

निजामती सेवा दिवसकै अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको वसुन्धरा पार्क नजिकै वृक्षरोपण गरेका छन् । १८ औं निजामती सेवा दिवस मुल समारोह समितिले राष्ट्र सेवक वृक्षरोपण कार्यक्रम गरेको हो । उक्त अवसरमा सडक किनारमा कोइरालो, टाँकी लगायत बिरुवा रोपिएको छ । उक्त अवसरमा प्रमुख सचिव डा. दामोदर रेग्मी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, निजामती कर्मचारीको आधाकारिक ट्रेड युनियनका कास्की अध्यक्ष भरत भुसाल, डिभिजन वन कार्यालय प्रमुख केदार बराल लगायत सहभागी थिए । कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा उत्कृष्ठ ठहरिएका ३ कार्यालयलाई उक्त अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो । मुख्यमन्त्री पोखरेलले ती कार्यालयका प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरे । 

यसैगरी दिवसकै अवसर पारेर नेपाल निजामती कर्मचारी युनियन संघले गरेको रक्तदान कार्यक्रम मुख्यमन्त्री पोखरेलले सुरुआत गरेका छन् । मुख्यमन्त्रीका निजी सचिव विष्णु भुसाल र नेल्टाका महासचिव सुरेश श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम सुरु भएको हो ।