२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

साहित्यकार बालकृष्ण समको जन्मघर (समर निकुञ्ज) पुनर्निर्माणको कथा

खण्डहर बन्दै गएको यो समर निकुञ्जले अब स्वरुप फेर्दैछ

साहित्यकार बालकृष्ण समको जन्मघर (समर निकुञ्ज) पुनर्निर्माणको कथा
अ अ+ अ-

केही घर यस्ता हुन्छन् जो घर मात्र हुँदैन । केही परिवार यस्ता हुन्छन् जो परिवारका लागि मात्रै हुँदैनन् । १०४ वर्ष साशन चलाएको एक परिवारको पुस्ता र सो पुस्ता बसोबास गर्दै आएको एक घर अर्थात डिलाइट सिंहको घर । जुन घर हिजोआज पुनर्निर्माण हुँदैछ । गोर्खा भूकम्पले क्षति पु¥याए पछि पुनर्निर्माण हुँदै गरेको सो घरको कथा पुनर्निर्माणमा मात्र सिमित छैन ।

काठमाडौं ज्ञानेश्वरमा रहेको यो दरबार जस्तै देखिने विशाल भवन

तर, सुनसान छ, जीर्ण छ । भवनको आधाआधि संरचना ढल्ने अवस्थामा पुगेको छ, भित्ताहरु खुइलिएका छन् । करिब एक सय पचास हिउँद र बर्खा भोगेको यो भवन आज घाम र पानी छेक्न नसक्ने अवश्थामा छ । घामपानी छेक्न प्लास्टिकको साहारा लिनु ।

ओहो ! बंगला भित्र छिर्ने मुख्य प्रवेशद्वार कति ठूलो ! हात्ति समेत छिर्न सक्दो रहेछ । कति फराकिला भुइँतला । कति बाक्लाबाक्ला गारोहरु । तर, चिरिक्क चर्किएर बसेको, लेऊ लागेर हरिया बनेका अनि आफै उभिन नसक्ने जस्ता, टेको लगाएर अड्याइएका ।

विसं १९९० सालको महाभूकम्प र २०७२ सालको विनासकारी गोर्खा भूकम्प समेत थेगेको यो विशाल भवन (समर निकुञ्ज) बालकृष्ण शमशेर राणा अर्थात नाट्य सम्राट बालकृष्ण सम जन्मिएको घर ।

बालकृष्ण सम जन्मिएको यो घरको केही भागमा अहिले उहाँकी भान्जी डिलाइट सिंह बस्नुहुन्छ । दुई वर्ष अघि मुमा उषाकिरण सिंहको निधन भएपछि एक्ली बन्नु भएकी डिलाइट सिंहले यो दरबार जत्रो घरलाई सकेको हेरचाह र रेखदेख गर्नुभयो ।

७१ वर्ष पार गरिसक्नु भएकी उहाँमा जब घरको स्याहार गर्न सक्ने आँट हराउन थाल्यो । यो ऐतिहासिक घर झन्झन् कमजोर, झन्झन् मक्किदै जान थालेको सिनियर साइट सुपरभाइजर सुशील राजभण्डारी र कन्जरभेशन आर्किटेक डा. रोहित रन्जितकारले जानकारी दिनुभयो ।

विशेषतै विशेषताले भरिएको यो घरको भित्री स्वरुप हेर्दा आज पनि उही राणाकालिन समयको झल्को आउँछ । तर, त्यसलाई स्याहार र संरक्षण गर्नै नसक्ने भएपछि डिलाइट सिंहलाई चिन्ता लाग्न थाल्यो कि आफ्नो शेषपछि यो घरको हालत के होला ? घरसँग जोडिएका आफ्ना पुर्खाहरुको पहिचान के होला ?

डिलाइट सिंहले सोचेकै जस्तो काम गर्ने अनि खोजेकै जस्तो संस्था फेला प¥यो काठमाडौं विश्वविद्यालय अर्थात केयू । जसले यस अघि त्रिपुरेश्वरस्थित ललित त्रिपुरा सुन्दरी मन्दिर र त्यस आसपासका सम्पदाहरुको संरक्षण गरी उदाहरण प्रस्तुत गर्दैछ ।

अब यो सबै चलअचल सम्पत्ति बालकृष्ण समकी भान्जीसमेत संलग्न रहनु भएको काठमाडौं विश्वविद्यालय अन्तर्गत स्थापना गरिएको ‘बालकृष्ण सम शैक्षिक गुठी’ मार्फत उपभोग र सञ्चालन हुनेछ । जसले यो खण्डहर बन्दै गएको संरचनाको संरक्षण, विकास र प्रवद्र्धन गर्ने काठमाडौं विश्वविद्यालय संगीत विभाग प्रमुख डा. लोचन रिजालले जानकारी दिनुभयो ।

खण्डहर बन्दै गएको यो समर निकुञ्जले अब स्वरुप फेर्दैछ ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको यो घरपरिवेश अब ज्ञान हाँसिल गर्ने थलो बन्दैछ । समर शमशेर राणा, बालकृष्ण सम, उषाकिरण सिंह जस्ता व्यक्तिहरुको पहिचान घरबाट नै मेटिन लागिसकेको अवस्थामा अब यो घरले समको विरासतलाई पुनः जगाउँदैछ । कला, साहित्य, गीत, संगीत, नाटक, सँस्कृति, सम्पदा आदि विषयमा मास्टर्स डिग्री, पीएचडी र अनुसन्धान गर्नेहरुको थलो बन्नेछ ।

समर निकुञ्ज नाम दिइएको यो भवनमा समर शमशेर राणाले कुन ठाउँ के कामका लागि प्रयोग गथ्र्यो त ? अनि, अब काठमाडौं विश्व विद्यालयले स्वामित्व ग्रहण गरेसँगै ती ठाउँहरु के कस्ता कामका लागि प्रयोगमा आउनेछन् त ?

प्राविधिक हिसाबले अब यो घरलाई बलियो बनाउन आवश्यक छ ।

संरचना बलियो बनाउनका लागि भएको संरचना कुन अवस्थामा थियो र पछि कस्ताकस्ता प्रविधिको प्रयोग गरिन्छ भन्नेले ठूलो अर्थ राख्छ । यो घरसँग जोडिएको एउटा लुकेको तथ्य छ ।

तत्कालिन अवस्थामा बालकृष्ण समको अंशमा परेको यो घरको पूर्वी तर्फको भाग बालकृष्ण समले आफ्नो सन्तान नभएपछि काम गर्नेको सन्तानलाई उपलब्ध गराए । घरको पूर्वी भागमा आफू अनुकूल संरचना बनाउनका लागि केही भत्काउने र केही भागमा कंक्रिटका निर्माण सामग्री प्रयोग गरि बनाउन थाले । त्यसपछि झनै यो कमजोर बन्दैगयो । यस्तै अवस्थामा रहँदारहँदा यो घर अब पुनर्निर्माण हुँदैछ ।

हो, राणाकालिन समयमा समर निकुञ्ज जस्तो देखिन्थ्यो, अब पुनः त्यस्तै बन्दैछ । बाहिरबाट हेर्दा मात्रै त्यस्तो; अझ भित्री संरचना बढी बलियो बन्नेछ । जसले समर निकुञ्ज भित्र अध्ययन/अनुसन्धानका लागि आएका सबै अतिथिहरुलाई सुरक्षित पनि राख्नेछ ।

जीर्ण अवस्थामा आफ्नो पहिचान र अस्तीत्व नै गुमाउने गरि रहिरहेको भवन कला, साहित्य, गीत, संगीत, नाटक, सँस्कृति, सम्पदा जस्ता विषयमा मास्टर्स डिग्री, पीएचडी र अनुसन्धान गर्नेहरुका लागि उपयुक्त थलो बन्दै गरेको खबरले सर्जकहरु कति खुशी होलान् ?

अल थ्री मिडियाको सहयोगमा