४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

साहित्यकार बालकृष्ण समको जन्मघर (समर निकुञ्ज) पुनर्निर्माणको कथा

खण्डहर बन्दै गएको यो समर निकुञ्जले अब स्वरुप फेर्दैछ

साहित्यकार बालकृष्ण समको जन्मघर (समर निकुञ्ज) पुनर्निर्माणको कथा
अ+ अ-

केही घर यस्ता हुन्छन् जो घर मात्र हुँदैन । केही परिवार यस्ता हुन्छन् जो परिवारका लागि मात्रै हुँदैनन् । १०४ वर्ष साशन चलाएको एक परिवारको पुस्ता र सो पुस्ता बसोबास गर्दै आएको एक घर अर्थात डिलाइट सिंहको घर । जुन घर हिजोआज पुनर्निर्माण हुँदैछ । गोर्खा भूकम्पले क्षति पु¥याए पछि पुनर्निर्माण हुँदै गरेको सो घरको कथा पुनर्निर्माणमा मात्र सिमित छैन ।

काठमाडौं ज्ञानेश्वरमा रहेको यो दरबार जस्तै देखिने विशाल भवन

तर, सुनसान छ, जीर्ण छ । भवनको आधाआधि संरचना ढल्ने अवस्थामा पुगेको छ, भित्ताहरु खुइलिएका छन् । करिब एक सय पचास हिउँद र बर्खा भोगेको यो भवन आज घाम र पानी छेक्न नसक्ने अवश्थामा छ । घामपानी छेक्न प्लास्टिकको साहारा लिनु ।

ओहो ! बंगला भित्र छिर्ने मुख्य प्रवेशद्वार कति ठूलो ! हात्ति समेत छिर्न सक्दो रहेछ । कति फराकिला भुइँतला । कति बाक्लाबाक्ला गारोहरु । तर, चिरिक्क चर्किएर बसेको, लेऊ लागेर हरिया बनेका अनि आफै उभिन नसक्ने जस्ता, टेको लगाएर अड्याइएका ।

विसं १९९० सालको महाभूकम्प र २०७२ सालको विनासकारी गोर्खा भूकम्प समेत थेगेको यो विशाल भवन (समर निकुञ्ज) बालकृष्ण शमशेर राणा अर्थात नाट्य सम्राट बालकृष्ण सम जन्मिएको घर ।

बालकृष्ण सम जन्मिएको यो घरको केही भागमा अहिले उहाँकी भान्जी डिलाइट सिंह बस्नुहुन्छ । दुई वर्ष अघि मुमा उषाकिरण सिंहको निधन भएपछि एक्ली बन्नु भएकी डिलाइट सिंहले यो दरबार जत्रो घरलाई सकेको हेरचाह र रेखदेख गर्नुभयो ।

७१ वर्ष पार गरिसक्नु भएकी उहाँमा जब घरको स्याहार गर्न सक्ने आँट हराउन थाल्यो । यो ऐतिहासिक घर झन्झन् कमजोर, झन्झन् मक्किदै जान थालेको सिनियर साइट सुपरभाइजर सुशील राजभण्डारी र कन्जरभेशन आर्किटेक डा. रोहित रन्जितकारले जानकारी दिनुभयो ।

विशेषतै विशेषताले भरिएको यो घरको भित्री स्वरुप हेर्दा आज पनि उही राणाकालिन समयको झल्को आउँछ । तर, त्यसलाई स्याहार र संरक्षण गर्नै नसक्ने भएपछि डिलाइट सिंहलाई चिन्ता लाग्न थाल्यो कि आफ्नो शेषपछि यो घरको हालत के होला ? घरसँग जोडिएका आफ्ना पुर्खाहरुको पहिचान के होला ?

डिलाइट सिंहले सोचेकै जस्तो काम गर्ने अनि खोजेकै जस्तो संस्था फेला प¥यो काठमाडौं विश्वविद्यालय अर्थात केयू । जसले यस अघि त्रिपुरेश्वरस्थित ललित त्रिपुरा सुन्दरी मन्दिर र त्यस आसपासका सम्पदाहरुको संरक्षण गरी उदाहरण प्रस्तुत गर्दैछ ।

अब यो सबै चलअचल सम्पत्ति बालकृष्ण समकी भान्जीसमेत संलग्न रहनु भएको काठमाडौं विश्वविद्यालय अन्तर्गत स्थापना गरिएको ‘बालकृष्ण सम शैक्षिक गुठी’ मार्फत उपभोग र सञ्चालन हुनेछ । जसले यो खण्डहर बन्दै गएको संरचनाको संरक्षण, विकास र प्रवद्र्धन गर्ने काठमाडौं विश्वविद्यालय संगीत विभाग प्रमुख डा. लोचन रिजालले जानकारी दिनुभयो ।

खण्डहर बन्दै गएको यो समर निकुञ्जले अब स्वरुप फेर्दैछ ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको यो घरपरिवेश अब ज्ञान हाँसिल गर्ने थलो बन्दैछ । समर शमशेर राणा, बालकृष्ण सम, उषाकिरण सिंह जस्ता व्यक्तिहरुको पहिचान घरबाट नै मेटिन लागिसकेको अवस्थामा अब यो घरले समको विरासतलाई पुनः जगाउँदैछ । कला, साहित्य, गीत, संगीत, नाटक, सँस्कृति, सम्पदा आदि विषयमा मास्टर्स डिग्री, पीएचडी र अनुसन्धान गर्नेहरुको थलो बन्नेछ ।

समर निकुञ्ज नाम दिइएको यो भवनमा समर शमशेर राणाले कुन ठाउँ के कामका लागि प्रयोग गथ्र्यो त ? अनि, अब काठमाडौं विश्व विद्यालयले स्वामित्व ग्रहण गरेसँगै ती ठाउँहरु के कस्ता कामका लागि प्रयोगमा आउनेछन् त ?

प्राविधिक हिसाबले अब यो घरलाई बलियो बनाउन आवश्यक छ ।

संरचना बलियो बनाउनका लागि भएको संरचना कुन अवस्थामा थियो र पछि कस्ताकस्ता प्रविधिको प्रयोग गरिन्छ भन्नेले ठूलो अर्थ राख्छ । यो घरसँग जोडिएको एउटा लुकेको तथ्य छ ।

तत्कालिन अवस्थामा बालकृष्ण समको अंशमा परेको यो घरको पूर्वी तर्फको भाग बालकृष्ण समले आफ्नो सन्तान नभएपछि काम गर्नेको सन्तानलाई उपलब्ध गराए । घरको पूर्वी भागमा आफू अनुकूल संरचना बनाउनका लागि केही भत्काउने र केही भागमा कंक्रिटका निर्माण सामग्री प्रयोग गरि बनाउन थाले । त्यसपछि झनै यो कमजोर बन्दैगयो । यस्तै अवस्थामा रहँदारहँदा यो घर अब पुनर्निर्माण हुँदैछ ।

हो, राणाकालिन समयमा समर निकुञ्ज जस्तो देखिन्थ्यो, अब पुनः त्यस्तै बन्दैछ । बाहिरबाट हेर्दा मात्रै त्यस्तो; अझ भित्री संरचना बढी बलियो बन्नेछ । जसले समर निकुञ्ज भित्र अध्ययन/अनुसन्धानका लागि आएका सबै अतिथिहरुलाई सुरक्षित पनि राख्नेछ ।

जीर्ण अवस्थामा आफ्नो पहिचान र अस्तीत्व नै गुमाउने गरि रहिरहेको भवन कला, साहित्य, गीत, संगीत, नाटक, सँस्कृति, सम्पदा जस्ता विषयमा मास्टर्स डिग्री, पीएचडी र अनुसन्धान गर्नेहरुका लागि उपयुक्त थलो बन्दै गरेको खबरले सर्जकहरु कति खुशी होलान् ?

अल थ्री मिडियाको सहयोगमा