• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल



काठमाडौँ । सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको विषयमा आएका समाचारबारे चर्चा भएको छ ।

सञ्चारमा आएका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका बेला बसेको सत्ता साझेदार दलहरुको बैठकमा यस विषयमा पनि कुराकानी भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका बैठकमा कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्ति नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि गभर्नर हुन नपाउने व्यवस्था भएकाले यदि गभर्नर अधिकारी नै ती व्यक्ति हुन् भने यो निकै नै गम्भीर विषय भएको प्रधानमन्त्रीले भन्नुभएको डा. महतले बताउनुभयो ।

बैठकमा गठबन्धनमा आबद्ध दलका नेताहरुले यस विषयमा कुरा उठाउनुभएको थियो । गम्भीर विषय भएकाले यसबारेमा थप छलफल गर्नुपर्ने बताइएको छ ।

“विषय असाध्यै गम्भीरताका साथ उठेको छ । यदि गभर्नर नै एम अधिकारी हुन् भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने विषयमा विभिन्न पार्टीका प्रतिनिधिबाट धारणा आएको हो”, प्रवक्ता डा महतले भन्नुभयो । यस्तै, सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिन आयोगको म्याद थपको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले ती आयोगका सम्बन्धमा प्रस्तुत गर्नुभएको थियो ।