२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन–पञ्चेश्वर सडक अवरुद्ध



अ+ अ-

बैतडी । लगातारको वर्षापछि  पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । पाटन नगरपालिका–६ स्थित चानपुरमा गए राति पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा तल्लो स्वराडबाट सदरमुकाम गढी गोठलापानी, डडेलधुरा, धनगढी, महेन्द्रनगरलगायत ठाउँका लागि छुटेका तथा तल्लो स्वराड भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् । सडक अवरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत बीच बाटोमै अलपत्र परेका छन् ।  

अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख रामदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिरो पन्छाउने काम भइरहेको छ, पहिरो लगातार खसिरहेका कारण सडक खुलाउन समय लाग्छ ।” (रासस)