२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध पीएनजीको १३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा  पपुवा न्यु गिनी(पीएनजी) ले नेपालसामु १३५ रनको लक्ष्य दिएको छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेको थियो । 

पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनायो । पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए भने  गौडी टोकाले २२, चार्ल्स अमिनीले २३, किप्लिन डोरिगाले १५ रनको योगदानी दिए । चाड सोपरले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यता नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ३५ रनको खर्चमा ४ विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले २(२ विकेट लिँदा सोमपाल कामीको नाममा १ विकेट रह्यो । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिएर रेकर्ड राख्न सफल रहे ।