२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

कञ्चनपुरको भीमदत्तमा घरबाटै कर तिर्न सकिने

कञ्चनपुरको भीमदत्तमा घरबाटै कर तिर्न सकिने
अ अ+ अ-

महेन्द्रनगर । नगरपालिकाको सेवा प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाइन करदाता ‘पोर्टल’ तयार गरेको छ । नगरपालिकाले करदाता पोर्टल सञ्चालनमा ल्याएको हो ।  नगरपालिकाका सूचना अधिकृत सुरेशप्रसाद भट्टले अनलाइनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्ने गरी पोर्टल सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“ भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्नेछन्”, सूचना अधिकृत भट्टले भन्नुभयो,“साथै करदाताले व्यक्तिगत, सम्पत्ति, कर तिर्नुपर्ने तथा कर तिरेकोलगायतको विवरण कर अनलाइन पोर्टलमा हेर्नसमेत सक्ने सुविधा थपिएको छ ।”

सफ्टवेयरमा करदाताको रुपमा दर्ता भएपछि निजको आधिकारिक आठ अङ्कको करदाता सङ्केत नम्बर प्राप्त हुन्छ ।  त्यसपछि कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक युजर र पासवर्ड राखी प्रयोगकर्ता दर्ता गरी आफ्नो विवरण हेर्नुका साथै कर भुक्तानी गर्नसक्ने नगरपालिकाले जनाएको छ । अनलाइन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

त्यसैगरी नगरपालिकाले गत आर्थिक वर्षमा रु २३ करोड ३१ लाख ७२ हजार ७०० आन्तरिक आय ९राजस्व० सङ्कलन गरेको छ । नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि यहाँ राजस्व सङ्कलनको दायरा बढ्दै गइरहेको छ । नगरपालिकाले पछिल्लो समय वडा कार्यालय भवन धमाधम निर्माण गरेपछि सेवाग्राहीलाई सहज भएको छ ।  नगरपालिकाले जैविक, शुक्लाफाँटा पर्यटन मार्गलगायतका आफ्नै लगानीमा सडक निर्माण गरेपछि ग्रामीण स्तरसम्म यसको सञ्जाल विस्तार गरेको छ । (रासस)