२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन् ।

 महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ नं को यात्रुबाहक बस चेकका क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रङ्गको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५  ट्याब्लेट लागुऔषसहित खङ्गलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँग लागुऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् । (रासस)