२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको पिउसोः केपी ओली



अ+ अ-

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानो पार्टी कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरिरहेको अवस्थामा भर्खरैको माधव नेपालको पार्टीले आफूहरूसँग मुकाबिला गर्ने सपना देखेको कटाक्ष गरेका छन् । 

पोखरामा मंगलबार आयोजित एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन, माधव नेपालको पिउसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ ।’

यस्तै ओलीले हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाए ।