२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईसीएल संयोजकमा सुमन देवकोटा



अ+ अ-

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को युवा संगठन योंग कम्युनिष्ट लिग (वाईसीएल)को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

यसअघि उपाध्यक्ष रहेको देवकोटालाई मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको हो । 

देवकोटा नेतृत्वको यो समितिले वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन गर्नेछ ।

यस्तै सहसंयोजकको जिम्मेवारी सुवोध सेर्पालीले पाएका छन् । यसअघि अध्यक्षमा दुवैजनाको दावी गरेका कारण पदाधिकारीविहीन केन्द्रीय समिति बनाइएको थियो ।