२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीमा नलाग्ने भन्दै सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजीनामाको तयारी



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । 

एमाले विभाजनपछि एमालेमै रहने भन्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने भएका हुन् ।

शाह एमाले संसदीय दलका नेतासमेत हुन् । साँझ ५ बजे सम्म राजीनामा दिने उच्च स्रोतले बतायो । 

विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन् ।