२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सारेको अभियोगमा भियतनाममा एक जनालाई पाँच वर्ष जेल सजाय सुनाइयो



अ+ अ-

एजेन्सी । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि विभिन्न देशहरुले नियम तथा स्वास्थ्य मापदण्डहरु तोकेका छन् । ती नियमहरुलाई पालना नगरेमा सजायसम्म भोग्नुपर्ने हुन्छ । 

यस्तै घटना भियतनाममा घटेको छ । त्यहाँ कोभिड–१९ नियन्त्रण गर्न  लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ ।

ले भान ट्री नाम गरेका ती व्यक्तिले आठ जनालाई खतरनाक सङ्क्रामक रोग सारेको एउटा अदालतले ठहर गरेको हो ।

ती आठ जनामध्ये एक जनाले उक्त रोगकै कारण ज्यानसम्म गुमाएको बताइएको छ । 

भियतनाममा कोरोना नियन्त्रण गर्न कडा प्रतिबन्धहरू लागु गरिएको छ ।