२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पास नहुने प्रचण्डको दाबी



अ+ अ-

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नहुने बताएका छन् ।

उनले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाएपनि अहिलेसम्म जवाफ नआएको भन्दै एमसीसी पास नहुने बताएका हुन् । 

मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्म एमसीसीबारे जवाफ नआएको र पास नहुने जिकिर गरे ।

उनले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन । र, एमसीसी पास हुँदैन ।’

सबैलाई राष्ट्रघाती कदममा माओवादी कदापि अघि नबढ्ने उनको भनाई थियो