२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पिएनजीलाई २ विकेटले हरायो



अ+ अ-

काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । 
    
ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाउनुभयो । उहाँले ६५ बल खेल्दै दुई चौका प्रहार गर्नुभयो । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिनुभयो । उहाँले ४६ बलमा चार चौका हान्नुभयो । 

नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आउनुभएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाउनुभयो । सो क्रममा उहाँले एक एक छक्का र चौका प्रहार गर्नुभयो । यस्तै कुशल भुर्तेलले १५ रन बनाउनुभयो । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुईरदुई तथा नोसिना पोकानाले एक विकेट लिनुभयो । 

यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिनुभएन । उहाँले कसिलो बलिङ गर्दै चार विकेट लिनुभयो । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिनुभयो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाउनुभयो । टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किनुभयो । 
    
बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुईरदुई विकेट लिनुभयो । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गर्नुभएका सोबले पहिलो बलमै विकेट लिनुभएको थियो । उहाँले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काउनुभएको थियो । यस्तै सोमपाल कामीले एक विकेट लिनुभयो । 
    
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो । 




भर्खरै