• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु ★   दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने ★   मुस्ताङ बस दुर्घटनामा लिवर्टी कलेजका २१ विद्यार्थी घाइते ★   पाल्तु बिरालोले घरमा लगायो आगो, लाखौं रुपैयाँ बराबरको सामान जलेर खरानी ★   २०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम ★   आगलागीपीडितको पीडा: सबै जल्यो, के खाने ? कहाँ बस्ने ? ★   ऋषभ पन्तबारे शाहरुख खान भन्छन् – उ मेरो छोरा जस्तै हो ★   नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै, घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो ★   तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड ★   ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

यो सरकार चुनाव गर्नको लागिपनि लायक छैनः पद्मा अर्याल



काठमाडौं, २९ असार । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्मा अर्याल अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छिन् । उनले भनिन्–‘प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो सरकार चर्चा गर्नलायक नै छैन् । एक वर्षको बीचमा यो सरकारले गरेको एउटापनि राम्रो काम भेटिँदैन् । जताततै बेथिति र बेथितिमात्रै छ । भ्रष्टाचार अनि भ्रष्टाचारमात्रै छ । कमिशनै कमिशन छ । लुटपाट, हत्या, बलात्कारजस्ता गतिविधिबाट जनता आक्रान्त बनेका छन् । यो सरकार जति दिन रहन्छ, राष्ट्र र जनताको निम्ति बोझ बन्ने कुरा स्पष्ट रुपमा देखिएको छ ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार राष्ट्रियताको हिसाबले पनि असफल भएको दाबी गरिन् । उनले भनिन्,‘यो सरकारको बारेमा राष्ट्रियताको हिसाबले हामीले समिक्षा गर्दा एमसिसी हुँदै एसपिपीसम्म आईपुग्दा यो सरकार राष्ट्रवादी रहेन । सरकार राष्ट्रको हितमा काम गर्दैन् भन्ने कुरा हामीले प्रष्ट रुपमा देखेका छौं । ठूलो कुरबानीका साथ हामीले राष्ट्रिय सहमति कायम गरेर मुलुकको अद्यावधिक नक्शा जारी गर्यौं, नक्शा जारी गरिरहँदा आज त्यो भेगमा भारतीय पक्षबाट एकपक्षीय संरचना निर्माण भैरहँदा नेपाल सरकार त्यसलाई खबरदारी गर्न सक्दैन् । त्यो रोक्न सक्दैन् । सरकार आफ्नो राष्ट्रको पक्षमा एक शब्द पनि बोल्न सक्दैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अर्थतन्त्रको हिसाबले पनि मुलुक पूरै असफल भएको आरोप लगाईन् । उनले भनिन्–‘अर्थतन्त्रका सुचकहरु सबै धराशयी बने । सबै ऋणात्मक अवस्थामा छन् । अब यो मुलुकलाई असफल मुलुक भनेर घोषणा गर्नमात्रै बाँकी छ । केही समय यस्तै रह्यो भने आज जे श्रीलंकाले भोगिरहेको छ, भोलि नेपालले भोग्न सक्दैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन् । हामी त्यही पथतिर अगाडि बढिरहेका त होईनौं ? भन्नेखालको स्थिति देखिएको छ ।’

अर्यालले सेवाको हिसाबले कुरा गर्दा पनि अहिले जनताको जीवन चौपट र कष्टकर बनिरहेको आरोप लगाईन् । उनले भनिन्,‘महँगीले आकाश छोएको छ । महिनामा चार–चार पटकसम्म ठूलो संख्यामा मूल्यवृद्धि भएको छ । त्यसैले मलको सिजनमा मल छैन्, पढ्ने बेलामा विद्यार्थीको हातमा पुस्तक छैन् । हत्या, आतंक बढिरहेको छ । जनताको सेवाको हिसाबलेपनि सेवाप्रवाह ठीक ढंगले यो सरकारले दिनै सकेको छैन् ।’

उनले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलनमात्रै भएको आरोप लगाईन् । उनले थपिन्–‘राजनीतिक हिसाबले यो गठबन्धन स्वार्थको मिलन हो । राष्ट्र र जनताको हितको निम्ति यो गठबन्धन बनेको होईन् । यो गठबन्धन स्वार्थको गठबन्धन हो भन्ने कुरा छर्लङ भएको छ । यो अपवित्र गठबन्धन हो । यो कुरा प्रमाणित भैसकेको छ। किनकी राष्ट्रिय जिम्मेवारी र जनताको जवाफदेहीबाट सरकार अलग छ । सरकार लुट्न व्यस्त छ । सरकार जहाँ पैसा पाईन्छ, त्यही काममा व्यस्त छ । यो अपवित्र गठबन्धन जसरी गठबन्धन टिकाउन सकिन्छ, त्यही काममा मात्रै सरकार व्यस्त छ । मुलुक जेसुकै होस, जनता जतासुकै होउन, यो सरकारलाई केही मतलब छैन् ।’

उनले सुशासनको हिसाबले पनि सरकार असफल भएको दाबी गरिन् । उनले सरकारले अहिले नाङ्गै लुटतन्त्र मच्चाएको गम्भीर आरोप लगाईन् । उनले भनिन्–‘यतिसारो लुट, यतिसारो आर्थिक हिसाबको कामबाहेक अन्त यसको ध्यान गएको छैन् । बजेट निर्माणको सिलसिला हेर्दापनि त्यहाँपनि लुटिएको छ । सरुवा हेरौं, सबै ठाउँमा बाँकी नराखिकन लुट्ने काम भएको छ । विकासका योजना काटिएको छ । जम्मै लुट्ने ठाउँमा पैसा हालिएको छ । जे गर्दा पैसा लुट्न सकिन्छ, त्यहीमा मात्रै यो सरकारको ध्यान छ । राष्ट्र र जनताप्रति यो सरकारको कुनै जिम्मेवारीपन छैन् । ध्यान छैन् । त्यसैले यो सरकार असफल हो । नालायक सरकार हो । यो सरकार चर्चा गर्न कुनै मानेमा लायक छैन् । यो त ईतिहासको अयोग्य र असफल सरकार हो । बरु यसले कमजोर र असफलको हिसाबले एउटा किर्तीमान कायम गरेको छ । असफलताको किर्तीमान कायम गरेको छ ।’

उनले मुलुक अहिले पूरै अँध्यारो सुरुङभित्र गैरहेको पनि टिप्पणी गरिन् । उनले भनिन्,‘अब धेरै ढिला भैरहेको छ । मुलुकलाई ठीक ट्रयाकमा हिँडाउनको लागि । यो गठबन्धनको सरकार जति दिन रहन्छ, त्यति नै राष्ट्र संकटमा रहन्छ । यो राष्ट्रको अफापसिद्ध गठबन्धन, जनताको निम्ति बोझ थप्ने गठबन्धन हो । यो गठबन्धनको विकल्प खोज्ने बेला भएको छ । यस्तै हो भने जनता विद्रोह गरेर सडकमा निस्किने परिस्थिति बन्छ। प्रमुख प्रतिपक्षी दलको हैसियतमा हामीले संसदमा सरकारबाट भएका नराम्रा कामको बारेमा विरोध गरेका छौं । सही दिशामा लैजानको लागि हामीले ध्यानाकार्षण गराएका छौं । सरकारको गलत चिजको भण्डाफोर गरेका छौं । त्यही संसद् हो, एमाले हो । जसले संसद्बाट मूल्यवृद्धि चर्को बढ्यो, हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्यो । मल र खाद्य उपलब्ध गराउनको लागि प्रस्ताव दर्ता गराएका थियौं । किसानको हितमा पनि आवाज उठायौं । जति गरेपनि सरकार सुन्दैन् । सरकार संवेदनशील छैन् ।’

उनले अब विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको पनि सुनाईन् । उनले भनिन्,‘एमालेले सदनबाट आवाज उठाईरहेको छ । संघर्ष गरिरहेको छ । त्यहाँबाट सुनवाई भएन भने अब एमालेले सडक तताउँनेछ । सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्नेछ । एमालेले राष्ट्रिय सरकार गठनको लागि पहल गर्नेछ । किनकी यो सरकार चुनाव गर्नको लागि पनि लायक छैन् । योग्य छैन् । सक्षम छैन् । यसले चुनाव गर्न सक्दैन् । चुनावलाई चुनावजस्तो बनाउने र निश्पक्ष बनाउनको लागि पनि राष्ट्रिय सरकारले मात्रै यो चुनाव गराउनुपर्छ ।’

राष्ट्रिय सहमतिको सरकारबेगर अब मुलुक अगाडि जान नसक्ने उनको दाबी छ । उनले भनिन्,‘मुलुक फेरि अप्ठ्यारोमा परिसक्यो । त्यसैले आजको आवश्यकत्ता यो गठबन्धनका विकल्प राष्ट्रिय सहमतिको सरकार हो । राष्ट्रिय सहमतिको सरकारबाट मात्रै मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो कुरा हो ।’

सरकारले हिजो आफू सरकारमा नुहँदा प्रतिगमन देखेको संवैधानिक परिषद्सम्बन्धी ऐन आज सरकारले राष्ट्रियसभामा दर्ता गराएको पनि उनले बताईन् । अर्यालले भनिन्,‘अहिले संसद्मा हिजो आँफैले विरोध गरेको, प्रतिगमन भनेको, जुन मुद्दा अदालतमा विचाराधिन छ । त्यो विषयमा संसद्मा छलफल गर्न पाईन्न भन्ने मान्यता छ । त्यो मान्यताको बर्खिलाप आज राष्ट्रिय सभामा संवैधानिक परिषद ऐन त्यहाँ दर्ता गरेको छ । त्यतिवेला प्रतिगमन देख्ने, आज के मानेले अग्रगमन देखेको हो ? सरकार र संसद् विधिसम्मत् चल्न सकेको छैन् ।’

नगरिकता विद्येयकको प्रसंग निकाल्दै उनले यो विषयमा आफूहरुले १३ वर्षसम्म बहस तथा छलफल गरेको स्मरण गराईन् । उनले भनिन्,‘धेरै ढिलो भयोा। विलम्ब भयो । यो विषयमा हामीले १३ वर्षसम्म बहस र छलफल गर्यौं । एउटा दलीय सहमति कायम गर्दै संसद्मा दर्ता भएको विद्येयकलाई संसद्मा छलफल गरेर परिमार्जन गर्नुपर्ने भए अघि बढाउनुपर्ने भन्ने सहमति थियो, त्यसलाई थुतेर फर्काएर आज आफूलाई जे गर्दा फाईदा हुन्छ, त्यही गरेर नयाँ विद्येयक दर्ता गर्ने काम भएको छ । यसमा हाम्रो विरोध छ। पूरानै विद्येयकमा छलफल हुनुपर्छ । अहिले दर्ता भएको विद्येयकमा जन्मको आधारमा नागकिरता पाए, ठूलो संख्यामा उनका सन्तानहरु आज नागरिकताविहीन थिए । त्यसको कारणले धेरै समस्या भोगिएका थिए । पढ्ने कुरा रोकिएको थियो, पेशा तथा जागिर रोकिएको थियो । त्यो ल्याउनुपर्नै आवश्यकत्ता थियो । त्यसको सम्बोधन हुने कुरा ठिक छ । तर, त्योसित जोडिएका कुरा राष्ट्रलाई नोक्शान हुने विषय पनि छन् । आज अधिकार स्थापित गर्ने काममा राष्ट्रियतालाई बिल्कुलै बेवास्ता गरेर जान सकिँदैन् । योसित जोडिएर आएका विषयहरु, नाम नेपालमा छ अनि निशान अन्तै छ । त्यसैले नेपाली नागरिक भैसकेपछि नाम र निशान नेपालमा हुनुपर्छ । हाम्रो मान्यता हो । नाम यहाँ राख्ने, निशान अर्कोतिर राख्ने हुनुहुँदैन ।’

अर्यालल नागरिकताको सवालमा समान खालको हैसियत दुवै मुलुकमा रहने कुराको अन्त्य गर्नुपर्छ भन्ने कुरा आफूहरुको कुरा भएको पनि उल्लेख गरिन् । उनले थपिन्–‘हामीले यहाँ बसेर, नेपालमा बसोबास गर्ने, आफ्नो कर्तव्यपराण यहाँ पूरा गरेका मान्छेहरुको नागरिकता त्यो छिटोभन्दा छिटो दिनुपर्छ । जन्मको आधारमा दिनुपर्छ । बसोबासको आधारमा दिनुपर्छ । कर्तव्यप्राणको आधारमा दिनुपर्छ । तर, जसको बसोबासको सुनिश्चितता् छैन, बसोबासको सुनिश्चितता् नभएकाहरुलाई विभिन्न खालका छिद्र बनाएर दुवै मुलुकमा समान हैसियत कायम गर्नेगरि नागरिकता बाँड्नुहँदैन भन्ने कुरा हो । नाम निशान हुनुपर्छ । नेपाली नागरिक भैसकेपछि नाममात्रै होईन, निशान पनि यहीँ हुनुपर्छ भन्ने कुरा हो ।’

उनले नागरिकतासम्बन्धी प्रावधानको बारेमा छिमेक र दक्षिण एशियाली मुलुकमा नागरिकतासम्बन्धी भएका प्रावधान पनि हेर्नुपर्ने बताईन् । उनले भनिन्–‘अघिल्लोपटक विद्येयक पेश गर्दा गम्भिरतापूर्वक विषय उठे । त्यो विषय के उठ्यो भने हाम्री नेपाली चेली, भारतको बुहारी हुँदा भारतको संविधान र कानूनले ७ वर्ष नागकिरताको लागि कुर्नुपर्ने प्रावधान छ । अब भारतको चेली नेपालको बुहारी भएर आउँदा हामीले विहे भएको भोलिपल्ट हाताहाती नागरिकता दिने कुरा गर्यौं । त्यसले हाम्रा चेलीको जे पीडा छ, चेलीको अधिकार जसरी खोसिएको छ, त्यो विषयमा हामी संवेदनशील भयौं त ? त्यतिवेला समान हिसाबले ७ वर्ष, राजनीतिक र प्रशासनकिबाहेक सबै काम गर्न दिनेगरि प्रावधान राखिएको थियो । तर, आज भोलिपल्टै दिने कुरा आएको छ । हिजो चर्को कुरा गर्नेहरु आज कति संवेदनशील छन् त ? नागरिकताको कुरा गर्दा भारतमा ७ वर्ष, बंगलादेशमा २ वर्ष, अफ्गानिस्तानमा ७ वर्ष, श्रीलंकामा ७ वर्ष र माल्दिभ्समा १२ वर्षको अभ्यास छ। हामीले अरु मुलुकबाट पनि हेर्नुपर्छ ।

सत्ता गठबन्धन टिकाउने र भोट बटुल्ने हिसाबले नागरिकता विद्येयक ल्याउने काम भएको छ । पूरानो विद्येयकमाथि छलफल गर्नुपर्छ । नमिलेको कुरा मिलाएर जानुुपर्छ । नेपाली नागरिकले नागरिकता पाउनुपर्छ । हाम्रो नागरिकतासम्बन्धी छिद्रबाट बाहिरी मान्छेले नागरिकता लिने कुरा बन्द गर्नुपर्छ ।’