२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

सङ्खुवासभा हत्या घटनाको अनुसन्धान गर्न सिआइवीको टोली पठाइयो

सङ्खुवासभा हत्या घटनाको अनुसन्धान गर्न सिआइवीको टोली पठाइयो
अ अ+ अ-

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोली पठाइएको छ । 

प्रहरी प्रधान कार्यालय अनुसार प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली खटाइएको हो । “टोली सङ्खुवासभा पुगिसकेको छ, विकट क्षेत्रमा घटना घटेकाले घटनास्थल पुग्न केही समय लाग्छ”, सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले भन्नुभयो । 

आइतबार राति उक्त घटना भए पनि सोमबार बिहान प्रहरीमा जानकारी आएको थियो । घटनास्थल जिल्ला सदरमुकाम चैनपुरबाट ५५ किलोमिटर पूर्वमा पर्छ । एकै परिवारका छ जनाको हत्या हुँदा ९५ वर्षका बौद्धमान कार्की भने सकुशल भेटिनुभएको छ ।

उक्त घटनामा ८४ वर्षीया पार्वता कार्की, उनका छोरा ५८ वर्षका तेजबहादुर कार्की, उनकी श्रीमती ५६ वर्षकी मनमाया, बुहारी २८ वर्षकी रञ्जना, उनका छोरा–छोरी (१० वर्षका विपीन र पाँच वर्षकी गोमा) कार्कीको हत्या भएको थियो । उनीहरुको शव फरकफरक स्थान ९बारी, खोला र सडकको भित्ता० मा फेला पारिएको थियो । प्रहरीले कुकुरसमेत प्रयोग गरी घटनाको अनुसन्धान जारी राखेको छ । 

अधिकांशको टाउकोमा हानेको देखिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार घटनाका केही ‘क्लु’ फेला परेको र त्यसको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले अनुसन्धान गरी दोषीलाई पक्राउ गरिने पनि बताउनुभयो । उहाँका अनुसार सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा समेत घटनाको अनुसन्धानका लागि प्रहरी टोली यसअघि नै खटाइसकिएको छ । 

घटनास्थलको प्रकृति मुचुल्का उठाई अहिले शवको परीक्षकका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उक्त क्षेत्रको नाकामा उच्च सुरक्षा निगरानीका साथ घटनाको अनुसन्धान जारी रहेको छ । 

प्रदेश नं १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नदेखिएको तर लाठी, हम्बरलगायतले टाउको तथा शरीरका विभिन्न भागमा हानेको देखिएको जानकारी दिनुभयो । अहिले घटनाको अनुसन्धानकै चरणमा रहेकाले त्यसको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने जानकारी दिनुभयो ।