२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

नेपाल धागो उत्पादक संघले विद्युत महशुल नतिर्ने

नेपाल धागो उत्पादक संघले विद्युत महशुल नतिर्ने
अ अ+ अ-

काठमाडौं । नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल धागो उत्पादक संघले २४ सै घण्टा विद्युतको प्रयोग नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको हो । 

विद्युत महशुल आयोगले बोर्डको १०३ औँ बैठकबाट २४ सै घण्टा विद्युत आपूर्ति गरे ६० प्रतिशत महशुल लिन पाउने अन्यथा नपाउने भनिएपनि त्यसबिपरित् उद्योगीहरुलाई बिल पठाएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताउनुभयो । अध्यक्ष गोल्यानले नेपाल विद्युत प्राधीकरणले भने बमोजिम आफूलाई पावर सप्लाइ पनि नभएको र कुनै पनि उद्योगले एउटाले २४ घण्टा विद्युत नपाएको बताउँदै प्राधिकरणले उद्योगीहरुको मानमर्दन गरेको आरोप समेत लगाउनुभयो । उहाँले प्राधिकरणले उद्योगहरुले प्रयोग नै नगरेको विद्युतको महशुल उठाउन लागेको भन्दै त्यसको आपत्ति जनाउनुभयो । उहाँले एनइएले बनाएको नियम मिचेको वा २४ सै घण्टा विद्युत प्रयोग गरेको भए कानून अनुरुप कारबाही भोग्न आफू तयार रहेको समेत बताउनुभयो ।

अध्यक्ष गोल्यानले भन्नुभयो, ‘बिजुलीको समस्या नभएको भए धागो उत्पादन गर्ने कुरामा हामी एक नम्बरमै हुने थियौँ । २०७६ सालदेखि विद्युतको समस्या आइलाग्यो । त्यसपछि उत्पादन रोक्नुपर्ने भयो । यस्तो स्थितीमा हामी माथि हामीले युज, प्रयोग नै नगरेको विद्युतको जुन कुरा आएको छ, जुन बारम्बार आम जनताको अगाडि आएको कुरा छ, त्यो भ्रमित न्यूज हो, त्यसलाई हामीले आज त्यसमा भएको सत्य र तथ्य अगाडि राख्न खोजिरहेका छौँ।

त्यो बेलामा विद्युत महशुल आयोग थियो, त्यसले एउटा निर्णय गर्यो, १०३ औँ बोर्डको बैठकबाट एउटा निर्णय गरेको छ, त्यसले उद्योगलाई मर्का पर्यो, २४ सै घण्टा विद्युत आपूर्ति गरे ६० प्रतिशत महशुल लिन पाउने अन्यथा नपाउने भनिएको छ, विद्युत प्राधिकरणले आफैँले निकालेको सूचना हुँदाहुँदै पनि ०७६ सालमा हामीलाई बिल पठाउनु कतिसम्मको यो न्यायसंगत हो, कतिसम्म यो सही छ भन्ने कुरा यहाँहरुले नै आफैँ आँकलन गर्नुहोस्, न हामीलाई पावर सप्लाइ भएको छ, न कुनै पनि उद्योगले एउटाले २४ घण्टा विद्युत पाएका छन्, कुनै पनि शर्त एनइएले पूरा गरेको छैन ।

यति हुँदा हुँदै हामीलाई यस्तो मानमर्दन हुनु कि तपाईहरुले जनतालाई एकदम अध्यारोमा राखेर ठूलाघराना उद्योगहरुले यस्तो गर्यो, उस्तो गर्यो, भन्ने आउँदा हाम्रो पनि चित्त दुख्छ, यति राम्रो र यति एक्सपोटओरियन्टेट इण्डस्ट्री, यत्रो राजस्व तिरिरहेको इण्डस्ट्रीसँगै यत्रो कर्मचारी र कामदारहरुलाई काम दिएको इण्डस्ट्रीलाई यसरी मान मर्दन हुँदा यस्तो बिजनेश किन गर्ने भन्ने कुरा आउँछ । मलाई पनि आएको छ, मलाई आफ्नो भन्दा पनि रिलायन्स स्पिनिङ्गमा ५ हजार कामदारहरु काम गर्छन्, उनीहरुको भविष्य के हुन्छ भन्ने कुरा एकदम अन्योल छ ।

म आफैँ अन्योलमा छु, भोलि के हुन्छ, यदी यो पैसा १७० करोड तिर्नुपर्यो भने ? यो उद्योगले तिर्न सक्ने स्थिती छ ? मैले अहिले रिलायन्सको इक्जाम्पल दिएँ, तर यस्तै अरु उद्योगहरुको अवस्था छ, हामीले एनइएले बनाएको नियमानुसार विद्युत उपभोग गरेको भए पैसा दिन तयार छौँ, हामीले गल्ती गरेको भए हामी एउटा मुजरिमको सजाय भोग्न तयार छौँ, हामीले युज गरेको छैन भने हामीलाई चोर किन भनिन्छ ?हामीलाई गलत किन भनिन्छ ?दिनरातको टेन्सन हामीलाई किन दिने ? हामीले के गल्ती गरेका छौँ, उद्योग सञ्चालन गर्नु गल्ती हो ? एनइएको यही गल्ती हो भने उद्योग इण्डस्ट्री नै सकिन्छ ।’

संघका उपाध्यक्ष विष्णु न्यौपानेले चोर र पुलिस एउटैलाई बनाएपछि कहिल्यै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले उद्योगी र नेपाल विद्युत प्राधिकरणको समस्याको समाधान गर्न विद्युत प्रयोग गरेकाबाट महशुल उठाउने र नगरेकालाई छोड्नुपर्ने बताउनुभयो । उपाध्यक्ष न्यौपानेले नेपाल सरकारले आफ्नो संयन्त्र प्रयोग गरेर विद्युत प्राधिकरण र उद्योगीहरुको छुट्टै कमिटी बनाएर काम गरे मात्र समस्याको समाधान हुने बताउनुभयो ।  नेपाल सरकारले जहिले पनि यसबारेमा छलफल गर्नका लागि व्यापारीको पतिनिधिहरुलाई नबोलाई प्राधिकरणलाई मात्र बोलाएर एकलौटि निर्णय गरेको आरोप लगाउनुभयो ।  

उपाध्यक्ष न्यौपानेले भन्नुभयो, ‘चोर र पुलिस एउटैलाई बनाएपछि कहिल्यै समस्याको समाधान हुँदैन, निर्णय हुँदैन, यसको समाधानको एउटै उपाय के हो भने इण्डिपेन्डेडले हामीसँग पनि एउटा डिसिजन गर्नुपर्यो, त्यसपछि तपाईहरुले भनेको टिओडी मिटरअनुसार ऐन नियमलाई हामीले मान्छौँ, उहाँहरुले नै अहिले निकालेको नियमानुसार नै मान्छौँ, त्यो कुरालाई नै आधार राखेर यो सिस्टमअनुसार उहाँहरुले युज गरेको छ कि छैन, भएकालाई लिनुपनि पर्यो, भन्ने हाम्रो भनाइ हो, त्यसको लागि नेपाल सरकारले आफ्नो सरकारी संयन्त्रबाट हुन्छ कि, इन्डिपेण्डेड बढी नै बनाएर हुन्छ कि, प्रतिनिधि बनाएर छलफल गरेर हुन्छ कि, वा नेपाल सरकारले छुट्टै व्यापारीलाई नै इन्भल्व (समावेश) नगरी र प्राधिकरणलाई पनि समावेश नगरी वा मिलेरै एउटा कमिटी गठन गरेर समस्याको समाधान गर्नुपर्छ ।’

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले विवादमा आएका हरेक उद्योगहरुले प्रयोग गरिसकेपछि एक रुपैयाँ पनि वक्यौता नराखेको बताउनुभयो । उहाँले त्यसमध्ये ९८ प्रतिशत उद्योगले त्यसबाट पाउने रिपेट समयमै लिइरहेको समेत उल्लेख गर्नुभयो । अध्यक्ष थापाले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगीहरुले समयमा नै पैसा तिरेको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘हामीले बास्तवमा जुन बत्ती जहिले प्रयोग गरेका छौँ, त्यही बेला नै सबै उद्योगीले, जति विवादमा आएका उद्योगहरुले, चाहे धागो, चाहे सिमेन्ट, डण्डी, अरु उद्योग होस् त्यो उद्योगले एक रुपैयाँ पनि वक्यौता राखेको छैन, त्यसमा प्रायः ९८,९९ प्रतिशत उद्योगले त्यसबाट समयमा पैसा पाउने रिबेट पनि लिइराखेको अवस्था छ, करोडौँ पैसा तिर्ने मान्छेको २ प्रतिशतले पनि रिबेट लाखौँमा हुन जान्छ त्यसैले कसैले पनि छोडेको छैन, त्यो एउटा हामीले समयमा पैसा तिरेका छौँ भन्ने कुराको प्रमाण पनि हो, यदी कुनै हिसावले जसले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएको छ, जसले आवेदन दिएको छ, जसले सम्झौता गरेको छ, त्यो उद्योगी, व्यवसायीहरु, संस्थाहरुले समयमा पैसा तिरिराखेकै हुनुुहुन्थ्यो, उहाँले लगाएको डेडिकेटेड र ट्रंक लाइनको रेट अनुसार नै पैसा तिरिरहेको हुनुहुन्थ्यो ।’

२०७२ असार १२ गतेबाट प्राधिकरणको सञ्चालकले डेडिकेटेड र ट्रंक लाइन सुविधाबारे निर्णय गरेर कार्यान्वयन गर्ने निर्णयसहित डेडिकेटेड र ट्रंक लाइन बाँडेको थियो । २०७५ वैशाख ३१ बाट देशमा लोडसेडिङ हटेपछि गत असार १ मा विद्युत नियमन आयोगले डेडिकेटेड लाइनको व्यवस्था खारेज नगर्दासम्मको अवधिको विवाद समाधान गर्ने जिम्मेवारी पाएको थियो । तर अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । सार्वजनिक लेखा समितिले पनि गत चैतमा सरकारलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम महिनादिन भित्र उठाउन निर्देशन दिएको थियो ।