२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भारतलाई पठाएको कूटनीतिक नोटबारे संसदलाई जानकारी गराउने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजे बोलाइएको छ । 

उक्त संसद बैठकमा सरकारले दार्चुला घटनाको विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे जानकारी गराउने भएको छ ।

सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली युवक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे जानकारी दिने भएका हुन् ।