१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

संसद बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

संसद बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । 

मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो । 

प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संसद बैठकमा अनिवार्य रुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आजको बैठकमा विशेषगरी बैठकमा अध्यक्षता गर्नु भएका सम्माननीय प्रधानमन्त्रीज्यूले भोलीको बैठकमा सबै माननीयज्यूहरुलाई अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिकाहरु खेल्न, सबै दलहरुसँग परामर्श गरेर मन्त्रालयलाई शीघ्र पूर्णता दिने बताउनु भएको छ ।’

बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रीपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए भने प्रधानमन्त्री देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई पनि अघि बढाउने धारणा राख्नु भएको थियो । एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुन प्रक्रिया अघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेर अघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राख्नु भएको सचेत भुसालले बताउनुभयो । 

काँग्रेस संसदीय दलले संघीय संसदको बुधबारबाट सुरु हुने बैठकमा संसदमा विचाराधिन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा विचाराधिन राजनीतिक दलसम्बन्धि अध्यादेशलगायतका अध्यादेश र विधेयकहरु संसदको पहिलो बैठकबाटै छलफलका लागि अघि बढाउने जानकारी गराउनु भएको थियो भने गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सम्बन्धमा भारत सरकारलाई पठाइएको कूटनीतिक नोटबारे पनि बुधबारकै बैठकमा संसदलाई जानकारी गराउने बताउनु भएको थियो । 

दार्चुला घटनाका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ संसदको पहिलो बैठकमा गृहमन्त्री खाँणले जानकारी गराउने विषयमा पनि दलको बैठकमा छलफल गरिएको सचेतक भुसालले बताउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गरी बजेट सम्बन्धि अध्यादेश पनि पारित गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।