१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

दुबै सदनको अधिवेशनका लागि तयारी पूरा

दुबै सदनको अधिवेशनका लागि तयारी पूरा
अ अ+ अ-

काठमाडौं । बुधवारदेखि सुरु हुने संघीय संसदको दुवै सदनको अधिवेशनका लागि संसद भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद सचिवालयले जनाएको छ । 

संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । यसपटक संघीय संसदमा नेकपा(एमाले) बिभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन् । 

संसदमा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको हो । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलको लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो । सबै दलका नेताहरु अगाडी रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडी रहनेगरी दुरी कायम गरेर सिटको व्यवस्थापना मिलाइएको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभामा सभामुखको दायाँ साइडतर्फ सत्तापक्ष र बाँया साइडतर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाएको उहाँले बताउनुभयो । सत्तापक्षतर्फ बिचबाट ठुलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने उहाँले उल्लेख गर्नुभयो । यसो गर्दा सत्ता पक्षतर्फ दायाँ तर्फबाट क्रमशः नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहनेछन् । त्यसैगरी प्रतिपक्षतर्फ भने क्रमशः नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी सिटको व्यवस्थापन मिलाइएको छ । स्वतन्त्र सांसद लगायत साना दलका सांसदहरुलाई भने बिचमा सिटको व्यवस्थापन गरिएको छ ।

त्यसैगरी राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बाँया तर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको छ । सत्ता पक्षतर्फ नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहनेछन् भने प्रतिपक्षतर्फ नेकपा(एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । मनोनित सांसदहरु सदाझैँ मन्त्री रहने सिटभन्दा पछाडी रहने र स्वतन्त्र सांसद प्रमुख प्रतिपक्षीको दायातर्फ, सत्तापक्ष नेकपा(एकीकृत समाजवादी) भन्दा ठिक पछाडी रहने गरी व्यवस्थापन गरिएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

बुधवारको बैठकमा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश पेश हुने उहाँले बताउनुभयो । त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो – ‘यो बिचमा राजनीतिक दल सम्बन्धी जुन अध्यादेश जारी भएको छ । त्यो अध्यादेश सदनमा हाम्रो नियमावलीमा व्यवस्था छ, त्यसै अनुरुप भोली त्यो अध्यादेश पेश हुन्छ ।’

संसदको यस अधिवेशनमा संसदमा पेश भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद सचिवालयले जनाएको छ ।