२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

बजारको माग बढेपछि कालीमार्सी धानखेती बढ्दै

बजारको माग बढेपछि कालीमार्सी धानखेती बढ्दै
अ अ+ अ-

खलङ्गा । कालीमार्सी धान र चामलको माग बढ्दै गएपछि जुम्लाका किसानले यसको खेतीतर्फ आकर्षित भएका छन् । 

व्यापारीहरू कालीमार्सी धान तथा चामल किन्न घरदैलोमा आइपुग्दा यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् । जुम्लाका आठवटै स्थानीय तहमा कालीमार्सी धानखेती हुने गरेको छ । पछिल्लो समयमा जुम्लामा सडक सञ्जालको पहुँच पुगेपछि देशका विभिन्न सहरबाट जुम्ली कालीमार्सी चामलको उच्च माग हुने गरेको व्यापारीहरु बताउँछन् । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार विगत दुई वर्षमा कालीमार्सी धानको खेतीमा करिब ३० प्रतिशतले वृद्धि भएको छ । जिल्लामा कूल दुई हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा एक हजार ६०० हेक्टर क्षेत्रफलमा कालीमार्सी धानको खेती हुने गरेको छ । पहिले मार्सीधानमा रोगकीराको समस्या थियो । अहिले रोगकीरा छैन । यहाँको मौसम धान अनुकूल भएकाले पनि यसको खेती गर्ने क्षेत्रफलमा क्रमशः वृद्धि हुँदै गएको कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “कालीमार्सी चामलको माग बढ्दै गएकाले यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका छन् ।  कालीमार्सी धानको मूल्य प्रतिकेजी रु १०२ र चामलको मूल्य प्रतिकेजी रु १५०  किसानकै घरबाटै बिक्री हुने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको कालीमार्सी धानलाई ब्राण्डका रुपमा स्थापित गर्नका लागि खरिद गर्न थालेपछि कालीमार्सी धानखेतीको विस्तार ह्वात्तै बढेको प्रमुख देवकोटाको भनाइ छ । 

बजारमा कालीमार्सी धान र चामलको माग पूर्ति गर्न आफूहरूलाई मुस्किल पर्दै गएको किसान बताउँछन् । अहिले जिल्लामा उन्नत जातको धानभन्दा कालीमार्सी धानको क्षेत्रफल बढेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।  

गतवर्ष कालीमार्सी चामल विदेशी क्यानडा बजारमा १५ टन निर्यात भएको थियो । नेपालको सबैभन्दा महँगो, गुणस्तरीय, अडिलो, पोटिलो र पोषिलो चामलको रुपमा मार्सीलाई लिने गरिन्छ । सो धानको क्षेत्रफल विस्तारका लागि कृषि विकास कार्यालय जुम्लाले स्थानीय तहसँग समन्वय गरेर बीजवृद्धि कार्यक्रम लागू गरेको छ । यहाँको तातोपानी र हिमा गाउँपालिकासँग सहकार्य गरेर तातोपानीको लाछुजीउलो र हिमाको कोइरेली जीउलोमा मार्सीधानखेती गरिएको छ । स्थानीय तहको ३० र कृषि कार्यालयको ७० प्रतिशत लागत सहकार्य सो कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालये जनाएको छ । 

यहाँको पातारासी गाउँपालिकाले कालीमार्सी धान बचाउनको लागि डिपिआर नै बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढ्थापाले बताउनुभयो । पछिल्लो समयमा कालीमार्सी धानमा लागेको रोगकीराको प्रकोप नियन्त्रण गर्नका लागि किसानले तदारुकता देखाउन थालेका छन । किसान कृषि विज्ञसँग परामर्श गर्ने, धानखेतीमा लागेको रोगको बारेमा जानकारी हासिल गर्ने र घरेलु उपचार विधिसमेत अपनाउन थालेको सिञ्जा गाउँपालिका स्थानीयवासी हिम्मतबहादुर शाहले बताउनुभयो ।

दशैँको अवसर पारेरे रारा आउने आन्तरिक पर्यटनको रोजाइँमा मार्सी चामल रहेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताउनुभयो । सो धान यहाँका किसान कात्तिक महिनाको पहिलो साताबाट घरमा भित्यत्राउने गरेका छन् ।

कालीमार्सी धानको बीउ शुद्धीकरण नहुनु, धेरै पुरानो बीउ भएका कारण धानमा मरुवा रोग देखापर्नु तथा पशुपालन व्यवसाय घट्दै् गएका कारण भनेको समयमा मल र सिँचाइको आपूर्ति नभएपछि उत्पादन घट्दै गएको प्रमुख देवकोटाको भनाइ छ । उहाँका बाह्रौँ शताब्दीमा गुरु चन्दननाथ बाबाले भारतको कश्मीरबाट धानको बीउ ल्याएर जुम्लाको तातोपानी गाउँपालिका–३ स्थित लाछु ज्युलामा परीक्षण गर्दा धान उत्पादन हुन थालेपछि जुम्लामा धान खेतीको सुरुआत भएको मानिन्छ । त्यसपछि लाछु, ज्युलो र अन्य ठाउँमा धान रोप्दै जाँदा जुम्लामा पनि धानखेती हुन थालेको उहाँको भनाइ छ । 

तत्कालीन छुमचौर गाविस र हालको पातरासी गाउँपालिकाको छुम ज्युलोमा पनि धान फल्न थालेपछि कालीमार्सी धानले विश्वमा समेत पहिचान कमाउन सफल भएको भन्न सकिने आधारहरू रहेको प्रमुख देवकोटाले बताउनुभयो । १२ औँ शताब्दीदेखि अहिलेसम्म जुम्लाको धान फल्ने सबै स्थानमा किसानहरूले चन्दननाथ भैरवनाथ मन्दिरमा सिकको रूपमा चामल दिँदै आएका छन् ।

गुरु चन्दननाथ बाबाले धानको शुरूवात गरेको हुनाले त्यसको सम्झनामा धानको बाली अझै राम्रो होस् भन्ने भाकल गर्दै हरेक वर्ष नयाँ धान भित्र्याउनासाथ मन्दिरमा सिक दिने गरेको संस्कृतिसम्बन्धी जानकार तथा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका सदस्य सचिव रमानन्द आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुम्लामा धान उत्पादनको शुरूवातकर्ता गुरु चन्दननाथ बाबालाई मान्ने गरेको हुनाले उनकोे सम्झना स्वरूप सिक दिन थालिएको हो ।