६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

निको भएका बिरामीमा पोस्ट कोभिड, देखिन्छन् यस्ता लक्षणहरु



अ+ अ-

काठमाडौंँ । कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिनुभयो । उहाँले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने बताउनुभयो ।

पोस्ट कोभिड भएका बिरामीमा मनोपरामर्श आवश्यक रहेको बताउँदै भन्नुभयो, “विशेष गरी पोस्ट कोभिडका लक्षण सघन कक्षमा पुगेर निको भएका बिरामीमा देखिएको छ ।”

अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने मनोभाव हुन्छ । फेरि पनि समस्या आउँदा धेरै डराउने भएका कारण मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिनुभयो ।

पोस्ट कोभिडका लक्ष युवा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा. पुनले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण भएको बेला निकै गाह्रोे भएको थियो, न्युरोडकी ३८ वर्षीया मनिता दहाललाई । कम हुन एक महिना लागेको उहाँ भन्नुहुन्छ, “निको हुँदै गएपछि कपाल झर्न सुरु भयो । यति धेरै झर्यो अगाडि तालु नै भयो ।”

कोरोना सङ्क्रमण भएपछि यस्तै हुन्छ भनेर सोच्यो तर कपाल झर्ने कम नभएपछि अस्पताल गएपछि थाहा भयो मलाई पोस्ट कोभिड अर्थात् कोरोना निको भएपछि हुने समस्या भएको जानकारी दिनुभयो । धेरैले पोस्ट कोभिडका कारण विभिन्न समस्या भोग्नु परेको चिकित्सकको भनाइ छ ।

छाला रोग विशेषज्ञहरूले पछिल्लो समय ३८ देशका हजारभन्दा बढी बिरामीमा गरेको अध्ययनमा कोभिड सङ्क्रमण निको हुँदै गरेका व्यक्तिमा कपाल झर्ने मुख्य समस्या देखिएको जनाएका छन् ।

यता बी एन्ड बी अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रवीन श्रेष्ठले कोरोना सङ्क्रमितले चाँडै उपचारमा ध्यान नदिँदा पोस्ट कोभिडका बिरामीको सङ्ख्यामा वृद्धि हुने गरेको बताउँदै पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।