२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्जीवन बीमा ११ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू। ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् ।

समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय १० दशमलव ७४ प्रतिशतले बढेको छ । गत आवको सोही महीनामा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमातर्पmको वृद्धिदर सामान्य देखिएको बताए ।

‘यसै पनि साउन आर्थिक वर्षको शुरुआती महीना भएका कारण यस समयमा व्यवसाय त्यति हँुदैन । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको वृद्धि राम्रो देखिएको छ । तर, त्यसको तुलनामा निर्जीवन बीमामा त्यति राम्रो वृद्धि देखिएन,’ उनले भने, ‘समीक्षा अवधिमा भएका प्राकृतिक प्रकोपका कारण व्यवसाय वृद्धिदर त्यति राम्रो देखिएन होला ।’ १० प्रतिशतको वृद्धिदरलाई नराम्रो पनि भन्न नसकिने उनको भनाइ छ ।

‘कोरोना महामारी अझै जारी छ । यो अवस्थामा व्यवसायमा ह्रास नै आएको छैन । यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने ।

समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । साउनमा उक्त कम्पनीले रू। ३३ करोड बीमाशुल्क संकलन गरेको छ ।
बढी बीमा शुल्क संकलन गर्ने दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स देखिएको छ । कम्पनीले रू। ३० करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो नम्बरमा रहेका नेको र सिद्धार्थ इन्स्योरेन्सले २६र२६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।