११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७७.०१ अंकले गिरावट



अ+ अ-

साताको पहिलो कारोबारको दिन सोमवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।  आईतवार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन । सोमवार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा सबै भन्दा बढी व्यापार  उपसमूहको ५.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै,फाइनान्स उपसमूहको परिसूचक ५.७३ अंकले गिरावट आएको छ भने जलविद्युत उपसमूहको पनि ५.१९ प्रतिशतले गिरावट आएको छ ।बाँकी अन्य उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ । सोमवार कारोबारमा आएको ग्रामिण विकास लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।