२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली समाज बुझाउने तीजको गीत (भिडियो सहित)



अ+ अ-

काठमाडौ । गीत संगीत मनोरञ्जनका साध्य मात्र होईनन्, यो त कला संस्कृति परम्परा र भाषाको पुस्तान्तरण पनि हो । चाड पर्व लागेसँगै यससँग सम्बन्धित गीत संगीतहरु बजारमा आउछन् । सयौंको भिडमा कोही खहरे झै गडगडाउदै आउछन् कोही समुद्र जस्तै शान्त र स्थिर भएर आउछन् । गीतकार रत्नसमशेर थापाको शब्द सापटी लिँदा गीतले मानिसको मन छुनुपर्छ नत्र त्यसको अर्थ रहँदैन ।

पछिल्ला समयमा सार्बजनिक भएका सृजनाहरु कतिपय परिबारसँग बसेर वा सामुहिक रुपमा श्रवण गर्न पनि कठिन हुने खालका छन् । दुई अर्थ लाग्ने, गीतका शब्द सुन्दा जिब्रो टोक्नु पर्ने वा दाया बाया कोही छन् की भनेर हेर्नुपर्ने अबस्था नभएको पनि होईन । अझ विशेष गरेर हरितालीका तीजका बेला निस्किएका गित संगीतले के साँच्चै तीजको मर्म बोकेको छ त ? 

हो, समयअनुसार परिवर्तन हुनुपर्छ तर परिबर्तन अश्लिलताबाट मात्र हो र ? शब्द फरक होला, हिजोको तीजको अनुभूति फरक होला, मनाउने शैली फरक होला तर तीज त तीज नै हो नि । आमा, सासुआमा, देउरानी नन्द, दिदी बहिनीलगायत सम्बन्ध त फेरिएको छैन । साथी संगतको क्षेत्र केही फेरिएको होला आखिर चाडवर्बको पहिलो प्राथामिकता त परिबार नै हो नी । 

यहि तीजको छेको पारेर गायीका पबित्रा रसाइलीले पुरानो संस्कार सम्झदै गीत गाउनु भएको छ । तँछाड मछाडको भिडमा गित कतै कुना कन्तार तिर परेको होला तर त्यसले दिएको सन्देश, सभ्यता र हाम्रो परम्पराको बारेमा पुस्तान्तरण गरेको बिषय भने अतुलनिय छ । हो आजको पुस्ताले हिजोको पुस्ताको जस्तो संघर्ष गर्न परेको छैन । भोलीको पुस्ताले पनि आजको पुस्ताले गरेको जस्तो संघर्ष गर्नुपर्दैन । तर इतिहासका बारेमा भन्ने जान्नु नै पर्छ ।  

यस गीतमा बिशेष गरेर तत्कालीन पश्चिमाञ्चल क्षेत्रमा प्रयोग हुने परम्परागत शब्दहरुलाई गीतको लयमा मिलाउदै त्यसको सहज रुपमा व्याख्या पनि गरिएको छ । उमेरले ७७ पुग्नुभएका गायीका रसाईलीले गीत सुन्दा कुनै ग्रामिण क्षेत्रको घरको आँगनमा गुन्द्री ओच्छाएर दिदी बहिनीहरु वरपर बसेर सासु बुहारीको बुहार्तनको कुरा मात्र होईन बुहारीलाई परम्परा र सस्कारको सिकाएको अनुभुत हुन्छ ।

उहिले उहिले एक सुकामा ध्यू किनिन्थो छ माना,  हेर्दा हेर्दै के आयो नि यस्तो जमाना भन्दै दैनिक ब्यबहारमा प्रयोगहरु शब्दावलीहरुको निकै राम्रोसँग अर्थ लगाइएको छ ।  गीतका ढिकी, मदानी जस्ता शब्दको प्रयोगले एक पटक भालेको डाकसँगै दिदी बहिनीले गर्ने घरधन्दाको स्मरण गराउछ । यसैगरी मर्डिनाको माटो झिकी दैलो पोतिन्थो भन्ने शब्द धेरैका लागि नयाँ हुन सक्छ त्यसलाई पनि राम्रोसँग बुझाईएको छ । गग्रेटो अर्थात फलेक तेर्साएर पानी राख्न बनाईएको ठाउको मुनिको भागमा रातो माटो राख्ने गरीन्छ त्यही माटोले दैलो पोतेको कुरा सरल तरिकाले बुझाईएको छ । 
यसैगरी धेरैले बिर्सिएको ख्याप्लो शब्द पनि नौलो नै लाग्न सक्छ । कलिलो मकैलाई कुटेर पानीमा हालेर पकाइने एक प्रकारको खाध्य बस्तु भन्दै गायीकाले अर्थाउनु भएको छ । मेलापात गर्दा छाता नहुने समयमा बर्षात बाट जोगिने उपाए भनेको स्याखु, कर्कलाको पात वा केराको पात नै हुन्थो । स्याखु शब्दको चयान र प्रयोग त्यसैगरी पिँडी बाट सिखुवासम्म, मकै कोरस झुत्ता पार्नु, सुलीमा आँटीमा, नाम्लो, धरै, आटा, टाड, जातो, चाम्रे जस्ता शब्द र तीनको प्रसंग सहितको व्याख्याले गीत संगीत मनोरञ्जनका साध्य मात्र होईनन्, यो त कला संस्कृति परम्परा र भाषाको पुस्तान्तरण हो भन्ने कुराको पुष्टि गरेको छ ।

गीतका शव्द रचना र संगीत संयोजन गर्नुभएका रसाईलीका छोरा बिबि अनुरागीको अनु्भूतिमा कला र गलालाई उमेरले कहिल्यै छेक्दैन, ७७ बर्षमा पाईला टेकेकी मेरी जन्मदाता पूज्यनीय आमाको कार्यको जतिनै प्रशंसा गरेपनि कम हुन्छ । आफैले लय तय गर्नुभएकी उहाँलाई गीत निर्माणको क्रममा लगभग परिबारका सबै सदस्यले साथ दिएका छन् ।  

बेला बेलामा यो भनेको के हो भनेर उनलाई सोही संगीत समूहमा रहेका युवतीले सोध्छन् ती पुराना शब्दको अर्थ र उहाँले अथ्र्याउनुभएको पनि गीतमा देखिन्छ, सुनिन्छ । यसले पनि नेपालको पुरानो संस्कृति, कला, खानपिन तथा सामाजिक व्यवहारलाई स्मरण गराएको छ । यो गीतमा एक तीज गीत मात्र छैन, अघिल्लो पुस्तादेखि नयाँ पुस्तासम्मलाई पुस्तान्तरण गर्ने सन्देश पनि छ । यसले यो एउटा तीज गीतले नेपाली समाजको रुपान्तरणमा सघाएको छ ।