२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

नेपाली समाज बुझाउने तीजको गीत (भिडियो सहित)

नेपाली समाज बुझाउने तीजको गीत (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ । गीत संगीत मनोरञ्जनका साध्य मात्र होईनन्, यो त कला संस्कृति परम्परा र भाषाको पुस्तान्तरण पनि हो । चाड पर्व लागेसँगै यससँग सम्बन्धित गीत संगीतहरु बजारमा आउछन् । सयौंको भिडमा कोही खहरे झै गडगडाउदै आउछन् कोही समुद्र जस्तै शान्त र स्थिर भएर आउछन् । गीतकार रत्नसमशेर थापाको शब्द सापटी लिँदा गीतले मानिसको मन छुनुपर्छ नत्र त्यसको अर्थ रहँदैन ।

पछिल्ला समयमा सार्बजनिक भएका सृजनाहरु कतिपय परिबारसँग बसेर वा सामुहिक रुपमा श्रवण गर्न पनि कठिन हुने खालका छन् । दुई अर्थ लाग्ने, गीतका शब्द सुन्दा जिब्रो टोक्नु पर्ने वा दाया बाया कोही छन् की भनेर हेर्नुपर्ने अबस्था नभएको पनि होईन । अझ विशेष गरेर हरितालीका तीजका बेला निस्किएका गित संगीतले के साँच्चै तीजको मर्म बोकेको छ त ? 

हो, समयअनुसार परिवर्तन हुनुपर्छ तर परिबर्तन अश्लिलताबाट मात्र हो र ? शब्द फरक होला, हिजोको तीजको अनुभूति फरक होला, मनाउने शैली फरक होला तर तीज त तीज नै हो नि । आमा, सासुआमा, देउरानी नन्द, दिदी बहिनीलगायत सम्बन्ध त फेरिएको छैन । साथी संगतको क्षेत्र केही फेरिएको होला आखिर चाडवर्बको पहिलो प्राथामिकता त परिबार नै हो नी । 

यहि तीजको छेको पारेर गायीका पबित्रा रसाइलीले पुरानो संस्कार सम्झदै गीत गाउनु भएको छ । तँछाड मछाडको भिडमा गित कतै कुना कन्तार तिर परेको होला तर त्यसले दिएको सन्देश, सभ्यता र हाम्रो परम्पराको बारेमा पुस्तान्तरण गरेको बिषय भने अतुलनिय छ । हो आजको पुस्ताले हिजोको पुस्ताको जस्तो संघर्ष गर्न परेको छैन । भोलीको पुस्ताले पनि आजको पुस्ताले गरेको जस्तो संघर्ष गर्नुपर्दैन । तर इतिहासका बारेमा भन्ने जान्नु नै पर्छ ।  

यस गीतमा बिशेष गरेर तत्कालीन पश्चिमाञ्चल क्षेत्रमा प्रयोग हुने परम्परागत शब्दहरुलाई गीतको लयमा मिलाउदै त्यसको सहज रुपमा व्याख्या पनि गरिएको छ । उमेरले ७७ पुग्नुभएका गायीका रसाईलीले गीत सुन्दा कुनै ग्रामिण क्षेत्रको घरको आँगनमा गुन्द्री ओच्छाएर दिदी बहिनीहरु वरपर बसेर सासु बुहारीको बुहार्तनको कुरा मात्र होईन बुहारीलाई परम्परा र सस्कारको सिकाएको अनुभुत हुन्छ ।

उहिले उहिले एक सुकामा ध्यू किनिन्थो छ माना,  हेर्दा हेर्दै के आयो नि यस्तो जमाना भन्दै दैनिक ब्यबहारमा प्रयोगहरु शब्दावलीहरुको निकै राम्रोसँग अर्थ लगाइएको छ ।  गीतका ढिकी, मदानी जस्ता शब्दको प्रयोगले एक पटक भालेको डाकसँगै दिदी बहिनीले गर्ने घरधन्दाको स्मरण गराउछ । यसैगरी मर्डिनाको माटो झिकी दैलो पोतिन्थो भन्ने शब्द धेरैका लागि नयाँ हुन सक्छ त्यसलाई पनि राम्रोसँग बुझाईएको छ । गग्रेटो अर्थात फलेक तेर्साएर पानी राख्न बनाईएको ठाउको मुनिको भागमा रातो माटो राख्ने गरीन्छ त्यही माटोले दैलो पोतेको कुरा सरल तरिकाले बुझाईएको छ । 
यसैगरी धेरैले बिर्सिएको ख्याप्लो शब्द पनि नौलो नै लाग्न सक्छ । कलिलो मकैलाई कुटेर पानीमा हालेर पकाइने एक प्रकारको खाध्य बस्तु भन्दै गायीकाले अर्थाउनु भएको छ । मेलापात गर्दा छाता नहुने समयमा बर्षात बाट जोगिने उपाए भनेको स्याखु, कर्कलाको पात वा केराको पात नै हुन्थो । स्याखु शब्दको चयान र प्रयोग त्यसैगरी पिँडी बाट सिखुवासम्म, मकै कोरस झुत्ता पार्नु, सुलीमा आँटीमा, नाम्लो, धरै, आटा, टाड, जातो, चाम्रे जस्ता शब्द र तीनको प्रसंग सहितको व्याख्याले गीत संगीत मनोरञ्जनका साध्य मात्र होईनन्, यो त कला संस्कृति परम्परा र भाषाको पुस्तान्तरण हो भन्ने कुराको पुष्टि गरेको छ ।

गीतका शव्द रचना र संगीत संयोजन गर्नुभएका रसाईलीका छोरा बिबि अनुरागीको अनु्भूतिमा कला र गलालाई उमेरले कहिल्यै छेक्दैन, ७७ बर्षमा पाईला टेकेकी मेरी जन्मदाता पूज्यनीय आमाको कार्यको जतिनै प्रशंसा गरेपनि कम हुन्छ । आफैले लय तय गर्नुभएकी उहाँलाई गीत निर्माणको क्रममा लगभग परिबारका सबै सदस्यले साथ दिएका छन् ।  

बेला बेलामा यो भनेको के हो भनेर उनलाई सोही संगीत समूहमा रहेका युवतीले सोध्छन् ती पुराना शब्दको अर्थ र उहाँले अथ्र्याउनुभएको पनि गीतमा देखिन्छ, सुनिन्छ । यसले पनि नेपालको पुरानो संस्कृति, कला, खानपिन तथा सामाजिक व्यवहारलाई स्मरण गराएको छ । यो गीतमा एक तीज गीत मात्र छैन, अघिल्लो पुस्तादेखि नयाँ पुस्तासम्मलाई पुस्तान्तरण गर्ने सन्देश पनि छ । यसले यो एउटा तीज गीतले नेपाली समाजको रुपान्तरणमा सघाएको छ ।