६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख बोलिरहे, एमालेले अवरोध गरिरह्यो



अ+ अ-

काठमाडौ । सरकारले आकस्मिक बोलाएको संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ। सभामुख सापकोटाले बीच–बीचमा स्थगित गर्दै बैठक अघि बढाउने कोसिस गरे। तर, एकै दिन बसेका तीन बैठक एमालेले लगातार अवरोध गर्यो। 

सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउन ‘भूमिका’ खेलेको भन्दै एमालेले अवरोध गरेको हो। विगतमा सरकारकाविरुद्ध विपक्षीले अवरोध गर्ने संसदीय चलन र परम्परा थियो। तर, एमालेले सभामुखको ‘तटस्थ र निष्पक्ष’ भूमिकामाथि प्रश्न उठाउंदै अवरोध गर्‍यो। संसदमा सभामुखको आचरण वा निर्णयको आलोचना गर्न नपाइने प्रतिनिधिसभा नियमावलीको नियमतर्फ सभामुखले पटक—पटक ध्यानाकर्षण गराए। तर, एमालेले सुनेन। 

एमालेले सभामुखविरुद्ध संसद अवरोध गर्ने निर्णय संसदीय दलको बैठकमै गरेको थियो। पार्टीले कारबाही गरेका १४ जना सांसदको पद रिक्त नगरी अर्को दल गठन गर्न सभामुख सापकोटाले भूमिका खेलेको एमालेको आरोप छ। एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुख सापकोटालाई पत्र पठाएको थियो।

तर, सापकोटाले उक्त पत्रलाई कार्यान्वयनमा नलगेपछि निर्वाचन आयोगले नेपालसहितका सांसदको पद कायम राख्दै नयाँ दल दर्ता गरेको थियो। १४ जना सांसदमाथिको कारबाही टुंगो नलागेसम्म संसद् चल्न नसक्ने भन्दै एमालेले राष्ट्रियसभा पनि अवरोध गर्यो। 

प्रतिनिधिसभा बैठकको प्रारम्भमै एमाले सांसदहरू उठेर विरोध जनाए। सभामुख सापकोटाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए। भट्टराईले बैठक सञ्चालन गर्न नदिने बताए। ‘कसैलाई १८ घण्टामा कारबाही गर्ने र कसैलाई २४ घण्टामा गर्ने ? त्यो नियम एमालेमाथि किन लागू भएन ? सभामुखले समानता पूर्ण व्यवहार गर्ने हो कि होइन ? उनले भने, ‘सभामुखसँगै निर्वाचन आयोग पनि एमाले टुक्राउन नियोजित रूपमा लाग्यो।’

सापकोटाले ‘तपाईंहरूका मागप्रति ध्यानाकर्षण भयो, अब सदन सुचारु गर्न सहयोग गर्नुहोस्’ भनेर आग्रह गरे लगत्तै एमाले रोष्टम पसेर नारावाजीमामा उत्रिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।