९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर



अ+ अ-

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् ।

४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन् । उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी छ ।

सो वैवाहिक समारोहमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ । फिल्म क्षेत्रबाट रेखा थापा, अनु शाह, सरोज खनाललगायत सहभागी छन् ।

आइतबार साँझ उनीहरु दुबैले पाँच तारे होटलमै रिसेप्सन राखेका छन् । जसमा चलचित्र क्षेत्रका साथै सञ्चारकर्मीहरुलाई समेत बोलाइएको छ ।

तस्बिरः तौवा इभेन्ट्स