१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाली गाउँ झिलीमिली



अ+ अ-

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–२ का घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । सोलार प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका वडा नं २ थाली गाउँवासीको झन्झट पनि हटेको छ । यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ –२ घरमा एकैपटक पाँच बत्ती बल्ने सोलार जडान भएका छन् ।

सोलार बत्ती बलेपछि अब स्थानीयलाई दियालो टिप्न जङ्गल जानुपर्ने बाध्यता पनि हटेको स्थानीयले जनाएका छन् । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार वडाका २५० घरधुरीका लागि प्रत्येक घरमा एक सय एम्पियरको ब्याट्री र १०० वाटका प्यानल जडान गरी बत्ती बाल्ने सम्पन्न भएको जानकारी दिनुभयो ।

उक्त सोलार प्यानल गाउँपालिकाको समन्वय र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको हो । सोलार प्यानल, ब्याट्री खदिरदेखि ढुवानी र जडान कार्य पनि सम्पूर्णरुपमा निःशुल्क गरिएको बताइएको हो । वडा नं २ मा आठभन्दा बढी बस्ती छन् । यस्तै खार्पुनाथ –४ स्थित सीता माध्यामिक विद्यालयमा पनि १० किलोवाटको सोलार प्यानल जडान गरी सञ्चालनमा ल्याइएको छ ।

यसपछि विद्यालयको कक्षामा प्रविधिको प्रयोग गरेर पठनपाठन गर्न सहज भएको छ । यसका लागि प्रदेश सरकारले रु साढे दुई करोड बजेट खर्च गरेको छ । स्थानीय बासिन्दाले गत कात्तिकमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गाउँमा पहिराले क्षति पु¥याएको अवलोकन गर्न आउँदा बत्तीको व्यवस्था गर्न माग गरेका थिए ।