९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध छुर्पी बरामद



अ+ अ-

नेपालगञ्ज । सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ ।

सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह नाकाबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा गएको टोलीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल ३० नं गण बागेश्वरी, बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो ।

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगञ्ज–१६ जयसपुर नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेको रु दुई लाख ९० हजार बराबरको अवैध छुर्पी बरामद गरेको उहाँले बताउनुभयो ।

बरामद गरिएको सबै अवैध छुर्पीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।