११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सर्वस्वीकार्य नहुँदा नागरिकता विधेयक फिर्ता

सर्वस्वीकार्य नहुँदा नागरिकता विधेयक फिर्ता
अ अ+ अ-

काठमाडौँ । सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा सर्वसम्मतरुपमा निर्णय हुन सकोस् भनेर नागरिकता विधेयक फिर्ता लिएको जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै यही असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभयो ।

“नागरिकता जस्तो संवेदनशील विषयमा बहुमत/अल्पमतमा निर्णय गर्दा मुलुकको हितमा हुन्न, अझै जिम्मेवारीपूर्वक सबै दलसँग बसेर छलफल गरी सर्वसम्मतरुपमा लैजानुपर्छ भन्ने निष्कर्ष सरकारको छ”, मन्त्री बडूले भन्नुभयो ।

विगतमा नागरिकताका विविध पक्षमा निर्णय भए पनि सर्वसम्मत हुन नसकेको उहाँले जानकारी दिनुभयो । “खासगरी वैवाहिक अङ्गीकृत नागरिकताको सम्बन्धमा केही समस्या यथावत रहेको छ”, मन्त्री बडूले थप्नुभयो, “त्यस विषयमा शीर्ष तहमै सर्वस्वीकार्य र विवादरहित ढङ्गले ऐन बन्नुपर्छ, नागरिक अधिकारसँग जोडिएको विषय पनि हो ।”

विधेयकका कतिपय विषयमा संशोधनका प्रस्ताव आएको र त्यसमाथि नयाँनयाँ संशोधनमार्फत विवाद आउन थालेको पनि उहाँले जानकारी दिनुभयो । विधेयकलाई सर्वसम्मत बनाउने प्रयासस्वरुप गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यसअघि विभिन्न राजनीति दलका प्रमुखसँग भेटवार्ता गर्नुभएको थियो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक विसं २०७५ साउन २२ मा सरकारी विधेयकका रुपमा संसद्मा दर्ता भएको थियो । उक्त विधेयकमाथि छलफलपश्चात् विसं २०७७ असार ९ मा राज्यव्यवस्था तथा सुशासन समितिले आफ्नो प्रतिवेदनसहित संसद्मा पेश गरेको थियो ।