२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा प्रत्यक्ष विदेशी लगानी रु २०० अर्ब नजिक, सबैभन्दा बढी भारतीय लगानी



अ+ अ-

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात रु. एक खर्ब ९८ अर्ब ५२ करोड रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ । बैंकले प्रत्यक्ष वैदेशिक लगानीमा ८.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

बैंकद्वारा सार्वजनिक प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७६–७७ मा कूल बैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको जनाइएको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकाले कूल प्रत्यक्ष बैदेशिक लगानीमा वृद्धि आएको हो ।

यस्तै, २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् रु. ६२ अर्ब ४५ करोड तथा त्यसपछि चीनबाट रु. ३० अर्ब ९७ करोड, सेन्ट किट्स एन्ड नेभिसबाट रु. १५ अर्ब २७ करोड, आयरल्यान्डबाट रु. १२ अर्ब ९३ करोड र सिंगापुरबाट रु. १२ अर्ब ४३ करोड लगानी भएको छ ।

नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको राष्ट्र बैंकले जनाएको छ । औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत तथा सेवा क्षेत्र अन्तर्गत २७.३ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६–७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुमध्ये कूल १९८ वटा कम्पनीको नमुना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याँक तथा अन्य विवरणको विश्लेषणका आधारमा वैदेशिक लगानी प्रतिवेदन तयार पारेको जनाएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीको सूक्ष्म विश्लेषण गर्दा स्वीकृत लगानी र कुल लगानीको अनुपातबीच निकै ठूलो अन्तर रहेको छ । सन् १९९५–९६ र २०१९–२० बीचको अवधिको तुलना गर्दा प्रतिबद्धता व्यक्त भएकोमध्ये करिब ३४.१ प्रतिशत मात्र लगानी नेपाल भित्रिएको छ । यस अवधिमा कूल रु. ३२ खर्ब ५५ अर्ब २५ करोडको प्रतिबद्धता आएकामा रु. १ खर्ब १० अर्ब ९१ करोड ९७ लाख मात्र नेपाल भित्रिएको छ ।

नेपालमा लगानी गरेका कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को एक वर्षको अवधिमा रु. १२ अर्ब ९० करोड कमाएर डिभिडेन्डको रुपमा लगेका छन् । डिभिडेन्ड रकम खासगरी म्यानुफ्याक्चरिङ र वित्तीय क्षेत्रबाट बढी बाहिरिएको छ ।

भारतबाट भित्रिएको लगानीमध्ये बढीजसो औद्योगिक उत्पादन, खानी, विद्युत, ग्यास, वित्तीय क्षेत्रमा आएको छ । चीनबाट आएको लगानीमा पनि औद्योगिक उत्पादन, खानी, विद्युत र ग्यासमा रहेको छ ।