८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

हेरौं विकासको नमूना ! एउटा रुखले वर्षदिन रोक्यो बाटो निर्माण

हेरौं विकासको नमूना ! एउटा रुखले वर्षदिन रोक्यो बाटो निर्माण
अ+ अ-

महेन्द्रनगर । वि.सं २०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ । पारी दोधारातर्फ साढे ८०० मिटर छ लेनको सडक बन्नाका साथै वारि भीमदत्तको तटीयक्षेत्र हँुदै उत्तर गड्डाचौकीसम्म पाँच किलोमिटर पहुँच मार्ग बन्ने भएपछि यस क्षेत्रमा विकासले मुहार पनि फेरेको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा दुई वटा सिमलको रुख हटाउन नसक्दा भने निर्माण चार वर्षभन्दा बढी समय गुजार्नुपर्योे ।

पहुँच मार्गमा पर्ने दुई वटा सिमलका रुख हटाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत प्रक्रिया अघि बढाइएको वर्षपछि मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय भएको छ ।“ विभागीय मन्त्रालयमा धेरै पटक सिमलको रुख कटाउने विषयमा परिपत्र गर्यौँ, तर सुनुवाइ भएन ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भन्नुभयो,“केही दिनअघि मात्रै मिडियामार्फत मन्त्रिपरिषद्को निर्णयले हटाउनू भन्ने कुरो सुने तर पत्र आइपुगेको छैन ।” प्रमुख संरक्षण अधिकृत मेहताले सरकारले नै निर्णय गरिसकेकाले अब समस्या नहुने बताउनुभयो ।

“ पत्र प्राप्त हुनासाथ रुख हटाउने काम सुरु भइहाल्छ ।”उहाँले भन्नुभयो,“विभागीय मन्त्रालयले नै मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय गराउन पहल गरेको हो ।” झण्डै दुई महिनाअघि दोधारा र चादँनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनका क्रममा केन्द्रबाट आएको मन्त्रिस्तरीय टोलीलाई समेत स्थानीयवासीले सडकमा पर्ने रुख हटाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यता महाकाली पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले दुई वटा रुख हटाउन पहल गर्न प्रक्रियागत कारणले निकै ढिलो भएको बताएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाईना फ्युल कन्सट्रक्सनका इञ्जिनीयर किशोरराज पाण्डेयले मन्त्रिपरिषद्बाट नै निर्णय भएपछि रुख हटाउन सहज हुने बताउनुभयो ।
“रुख हटाउने प्रक्रियामा भएको ढिलाइका कारण सडक कालोपत्र गर्न ढिलाइ भएको तर पारीपट्टी भने पाँच सय मिटर कालोपत्र सकिएको छ ।” उहाँले भन्नुभयो,“एक सय मिटर कालोपत्र गर्न त रुखकै कारण समस्या हुँदै आयो । २०७४ चैतदेखि नै उक्त रुख हटाउन सरोकारवाला निकायसित पहल थालिएको थियो ।”

त्यसैगरी उक्त योजनाअन्तर्गत वारि (भीमदत्त नगरपालिका) तर्फ चार किलोमिटर पहुँच मार्ग कालोपत्र भइसकेको इञ्जिनीयर पाण्डेयले बताउनुभयो । महाकाली पुल आयोजनाको ८० प्रतिशत काम सकिसकेको छ । आयोजनाअन्तर्गत तटबन्ध निर्माणको काम भने हुनसकेको छैन । तटबन्ध निर्माणका लागि स्वरुपमा परिवर्तन भए पनि आर्थिक विषय भने टुङ्गिन बाँकी छ ।