८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग

भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग
अ+ अ-

झापा । विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरेका छन् । काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन सरोकारवालाको समन्वय बैठकमा सहभागीले विना जाँच कृषिजन्य वस्तुको आयात हुन थालेकाले सो नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग गरेका हुन् ।

बैठकमा उक्त कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवीन्द्र साहूले प्लान्ट क्वारेन्टिन कार्यालयको मुख्य काम, कर्तव्य र अधिकारको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले दोस्रो वा तेस्रो देशबाट कुनै पनि रोगका कीराको लक्षण भएको, क्षतिग्रस्त र सडेगलेका बिरुवा तथा अन्य उपज परीक्षण विना नेपाल प्रवेशमा अनुमति दिन नहुनेमा जोड दिनुभयो । अधिकृत साहूले अवैधरुपमा बिरुवालगायत अन्य बीउबिजन तथा नेपाल प्रवेश गर्न निषेध गर्नुपर्ने, लुकीछिपी ल्याइएका वस्तु नियन्त्रणमा लिएर रोग फैलिन नदिन नष्ट गर्नुपर्ने, कृषिसँग सम्बन्धित वस्तु पैठारी हुँदा अनिवार्य रुपमा विरुवा स्वस्थताको प्रमाणपत्र जारी गर्नुपर्नेजस्ता विषयमा चर्चा गर्नुभयो ।

उहाँले हाल भद्रपुर, गौरीगञ्ज र इलामको पशुपति नाकाबाट आयात तथा निर्यात हुने सम्पूर्ण कृषिसँग सम्बन्धित सामग्रीको परीक्षण काँकरभिट्टा कार्यालयबाट भइरहेको र चालु आवमा उक्त नाकाबाहेक अन्यबाट त्यस्ता वस्तुको आयात निर्यात शून्य रहेको जानकारी दिनुभयो । नेपाल उद्योग सङ्घका जिल्लाअध्यक्ष यामबहादुर प्रधानले भद्रपुर नाकामा भन्सार भए पनि क्वारेन्टिन कार्यालयको अभावमा विना जाँच कृषिजन्य वस्तुहरु आयात भइरहेको बताउँदै तत्काल कार्यालय स्थापनाको माग गर्नुभएको छ । भद्रपुर भन्सारका प्रमुख रामेश्वरकुमार मिश्रले हालसम्म कृषिजन्य सामग्री यो नाका भएर नआएको बताउनुभयो । उहाँले खुल्ला सिमानाको फाइदा उठाएर लुकीचोरी अवैध रुपमा नेपाल सामान भित्र्याउन नदिनका लागि सबै सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

फलफूल तथा सब्जी व्यवसायी सङ्घका अध्यक्ष सुनिलकुमार शाहले दैनिकजसो सयाँै केजी कृषिजन्य वस्तु भद्रपुर नाका भएर नेपाल आयात भइरहेको बताउनुभयो । उहाँले जाँचका लागि काँकरभिट्टाको क्वारेन्टिन कार्यालयसम्म पुग्न टाढा हुने भएकाले व्यापारीले परीक्षण विनै भारतीय कृषिजन्य वस्तु आयत गर्ने गरिएको छ भन्नुभयोे । कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालयका प्रमुख मुकेश साह सञ्चारकमी, सुरक्षाकर्मी, भन्सार एजेन्ट सङ्घ, स्थानीय व्यापारीको उपस्थित रहेको थियो ।