२८ पुष २०८१, आईतवार
,
Latest
महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण: कृषि मन्त्रीअधिकारी विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश निजामति विधेयकमा वर्गीय आधारमा समानुपातिक आरक्षणको व्यवस्था गर्नुपर्छः संवैधानिक आयोगहरु आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीका चार पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा



अ+ अ-

डोटी । डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । यहाँका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप पाएको सुनिश्चित भएपछि पूर्णखोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिनुभयो ।

जिल्लाका बाँकी रहेका पाँच वटा स्थानीय तहलाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि अभियान सञ्चालन भइरहेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीले जनाएको छ ।

उक्त अभियानअन्तर्गत अन्य पालिकामा बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका बच्चालाई १४ वटा रोगविरुद्धका नौ वटा खोप लगाउने अभियान थालिएको जिल्ला समन्वय समितिका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिनुभयो ।