६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको डेल्टा भेरियन्ट फेला



अ+ अ-

काठमाडौँ ।  नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिनुभयो ।

उहाँले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताउनुभयो । उहाँले सङ्क्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

यी भेरियन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने अध्ययनले पुष्टि गरेको बताउनुभयो । उहाँले नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट भेटिएको उल्लेख गर्नुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।