१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते



अ+ अ-

वाग्मती । मकवानपुरको वाग्मतीमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् ।

आज साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्ँिटदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएको जनाइएको छ । गम्भीरसहित सबै घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस