८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी
अ+ अ-

देउखुरी । एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २५२ खानेपानी आयोजनाका लागि रु १२ अर्ब २२ करोड ३५ लाख ७२ हजार लगानी भएको छ । ती आयोजनामध्ये केही ठाउँमा कार्यान्वयनमा आइसकेको छ, भने धेरैजसो स्थानमा काम जारी छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख भोलाबहादुर थापाका अनुसार जिल्लाको ग्रामीण भेगमा अहिले खानेपानी आयोजनाको काम पूर्ण रुपमा सम्पन्न हुन नसकेको बताउनुभयो ।

जिल्लामा सघन खानेपानी विकास कार्यक्रम, जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाअन्तर्गत सङ्घ शसर्त अनुदान, तराई–मधेश खानेपानी सुधार कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम तथा विभिन्न उपशीर्षकमा गरी लगानी भएको छ । जिल्लामा सघन खानेपानी आयोजनाका १७२ आयोजना, जलवायु अनुकूलित वृहत खानेपानी कार्यक्रम १९, तराई–मधेश खानेपानी सुधार कार्यक्रमको ५०, सहलगानी कार्यक्रमको एउटा तथा १० थप गरिएका खानेपानी आयोजना रहेको निमित्त प्रमुख थापाले बताउनुभयो ।

घोराही उपमहानगरपालिकामा सघन खानेपानीका ४५, जलवायु अनुकूलित वृहत खानेपानीका पाँच र तराई–मधेश खानेपानी सुधार कार्यक्रमका १५ आयोजना गरी ६५ आयोजनामा रु ९७ करोड ३३ लाख १० हजार लगानी भएको छ । तुलसीपुर उपमहानगरपालिकामा सघन खानेपानीका ३४, जलवायु अनुकूलित वृहत खानेपानीका दुई र तराई–मधेश खानेपानी सुधार कार्यक्रमका ११ गरी ४७ खानेपानी आयोजनामा ७९ करोड ४० लाख चार हजार लगानी भएको छ ।

प्रमुख थापाका अनुसार लमही नगरपालिकामा सघन खानेपानीका ११ र तराई मधेश खानेपानी सुधार कार्यक्रमका सात गरी १८ खानेपानी आयोजनामा रु एक करोड ९६ लाख लगानी भएको छ । राप्ती गाउँपालिकामा सघन खानेपानीका चार, जलवायू अनुकूलित वृहत खानेपानीको एउटा र तराई–मधेश खानेपानी सुधार कार्यक्रमका चार गरी ९ खानेपानी आयोजनामा रु दुई करोड दुई लाख ६२ हजार लगानी भएको छ ।

यस्तै गढवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका १७, जलवायु अनुकूलित वृहत कार्यक्रमका दुई र तराई–मधेश खानेपानीका चार गरी २३ आयोजनाका लागि रु २० करोड ४२ लाख ७ हजार लगानी भएको छ । राजपुर गाउँपालिकामा सघन खानेपानी विकासका चार, तराई–मधेश खानेपानी सुधार कार्यक्रमका तीन गरी सात आयोजनामा रु १० करोड ६८ लाख लगानी भएको छ ।

यस्तै, बङ्गलाचुली गाउँपालिकामा सघन खानेपानीका २०, जलवायु अनुकूलित वृहत खानेपानीका चार गरी २४ खानेपानी आयोजनाका लागि रु तीन करोड ६ लाख ६० हजार लगानी भएको छ । दङ्गीशरण गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका ११, तराई–मधेश खानेपानी विकास कार्यक्रमका ६ गरी १७ खानेपानी आयोजनामा रु २१ करोड ३० लाख लगानी भएको छ ।

यसैगरी शान्तिनगर गाउँपालिकामा सघन खानेपानीका १२ आयोजनाका लागि रु १७ करोड ४ लाख लगानी भएको प्रमुख थापाले जानकारी दिनुुभयो । बबई गाउँपालिकामा सघन खानेपानीका १२, जलवायु अनुकूलित वृहत खानेपानीका ५ गरी १७ आयोजनाका लागि रु २७ करोड ७३ लाख लगानी भएको छ । सर्रा खानेपानी तथा सरसफाइ आयोजनाका लागि रु २० लाख तथा जिल्लाभरका विभिन्न उपशीर्षकअन्तर्गतका १० आयोजनाका लागि रु २३ लाख ८६ हजार लगानी भएको छ । आगामी वर्षसम्ममा धेरै ठाउँमा खानेपानी समस्या समाधान हुने उहाँको दाबी छ ।