• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा…

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी



कर्णाली । सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ । अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागुऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताउनुभयो । “पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “अदालतबाट बहुविवाह गरेको कसुरमा जेल सजाय तोकिएका नौ र चोरीका आठ कैदीबन्दी छन् ।”

कारागारका प्रमुख लक्ष्मी खरेलले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले समस्या समाधान गर्न नयाँ भवन बनिरहेको बताउनुभयो । “अब थप क्षमताको तत्काल अर्को भवन निर्माण चालू आवमै सम्पन्न गर्नेगरी भइरहेको छ”, उहाँले भन्नुभयो, “एउटै ठाउँमा कैदी खचाखच हुँदा संक्रमण बढ्ने खतरा भएपनि त्यसको असर देखिएको छैन ।”