२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले मन्त्रीहरुलाई फिर्ता बोलाउने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । यसका लागि पार्टीले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने तयारी गरेको छ ।

विशेषगरी पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेपछि पार्टीमा हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य भइरहेको हो ।

हाल संघीय सरकामा जसपाबाट संघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव रहेका छन् ।

पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाएर कसकसलाई सरकारमा पठाउने भन्नेबारे टुंगो लगाइसकेको छैन ।

यसअघि नेकपा (एकीकृत समाजवादी) ले संघीय सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाएको थियो ।